कान्ति बाल अस्पतालमा तीन बालक आइसोलेसनमा

Machchapuchchre

काठमाडौं । कान्ति बाल अस्पतालले तीन जना बालकलाई आइसोलेसनमा राखेर उपचार थालेको छ । अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलका अनुसार आइतबार एक जना र सोमबार दुई जना गरी तीनजना बालकहरु अस्पतालको आइसोलेसनमा उपचारत छन् ।

आइतबार भर्ना भएका बालकको बुबा दुबईबाट स्वदेश फर्किएको र आज (आइतबार) भर्ना भएका दुई बालकमध्ये एकजनाको चाइनाबाट काका आएको र अर्को एक बालकको कतारबाट बुबा आएका थिए । बालकहरु उनीहरुसँग सम्पर्कमा रहेपछि बालकहरुमा कोरोनाको लक्षण देखिएको डा पौडेलले बताए ।

अस्पतालले बालकहरुको बाबुहरुको अवस्थाबारे पनि जानकारी लिने प्रयास गरीहेको जनाएको छ । आइसोलेसनमा भर्ना भएका बालकहरुको उमेर समूह १४ महिना, ४ वर्ष र साढे ४ वर्ष रहेको छ ।

सरकारले कान्ति बाल अस्पताललाई स्याटेलाइट अस्पतालको रुपमा परिभाषित गरेको छ । सरकारले कोरोना उपचार तथा परीक्षणका लागि तोकिएको अस्पतालभित्र कान्ति अस्पताल छैन । तर अस्पतालले आफैले व्यवस्थापन गरेर आइसोलेसन वार्ड भने सञ्चालन गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्