कोरोनाको संक्रमण रोक्न मंगलबारबाट लागू हुने गरी आन्तरिक उडानमा समेत रोक

Machchapuchchre

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि आन्तरिक उडानमा समेत रोक लगाएको छ । यसअघि अन्तर्राष्ट्रिय तथा लामो दूरीका सवारी साधनमा रोक लगाएको सरकारले मंगलबारबाट लागू हुने गरी आन्तरिक उडानमा समेत रोक लगाएको हो ।

कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लगाएको बताए ।

उनले सुरक्षाा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्