कोरोनाबाट मृत्यु भएकाहरुको सम्मानमा चीनमा राष्ट्रिय शोक मनाइँदै

काठमाडौं । चीनले कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज राष्ट्रिय शोक मनाउँदै छ । मृतकको सम्झनामा आज विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइने छ भने सार्वजनिक र औपचारिक कार्यक्रमसमेत नगर्ने बताइएको छ । कोरोनाका कारण मृत्यु हुनेहरुलाई शहिदको रुपमा चित्रण गर्न शोक दिवस मनाउन लागिएको चीनको राज्य परिषदले जनाएको छ । स्थानीय समयअनुसार बिहान दश […]

कोरोनाविरुद्धको लडाइँमा विश्वका १९३ राजनीतिक दलद्वारा १० बुँदे संयुक्त अपिल

काठमाडौं । विश्वव्यापी महामारीकारुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न विश्वका १ सय ९३ पार्टीले साझा ऐक्यवद्धता जनाएका छन् । विश्वभर कोरोना भाइरसको संक्रमण रोकथामका लागि थालिएका प्रयासलाई बलियो बनाउन र जनतालई सचेत बनाई महाविपत्तिको दृढतापूर्वक सामना गर्न विश्वका १ सय ९३ राजनीतिक दलहरुले १० बुँदे संयुक्त अपिल जारी गरेका हुन् । जसमा नेपाल कम्युनिस्ट पार्टीले […]

बहराइनमा १२ नेपालीलाई कोरोना संक्रमण भएको दूतावासद्वारा पुष्टि

बहराइन । वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका १२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बहराइनस्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हालसम्म १२ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जनाएको हो । २ अप्रिल २०२० साँझ ८ बजेसम्म चेकजाँच गरिएका ३६ हजार ५ सय ६ जनामध्ये २ सय ५८ जनामा […]

काँग्रेस नेता पौडेलकाे टिप्पणी – सेनालाई स्वास्थ्य सामग्री किन्न लगाउनु शुभ लक्षण होइन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री खरिदको जिम्मेवारी सेनालाई दिनु गलत भएको बताएका छन् । कांग्रेस नेता पौडेल भन्छन्, ‘नागरिक सरकारले गर्नुपर्ने काम सेनालाई गर्न दिनु भनेको शुभ लक्षण होइन ।’ संकटको घडीमा राजनीतिक नेतृत्वले नै निर्णायक भूमिका खेल्नुपर्नेमा पौडेलको जोड छ । शुक्रबार वरिष्ठ नेता […]

नेपाली सेनाद्धारा स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर प्रक्रिया रद्द

नेपाली सेनाले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया रद्द गरेको छ। सरकारले कोरोनाभाइरस रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत् ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो। यसअघि सेनाले १७ करोडको स्वास्थ्य उपकरण तथा सामग्री ल्याउनका लागि टेण्डर आह्वान गरेको थियो। सरकारबाट प्राप्त १० करोड र सेना आफैंले ७ करोड […]

प्रदेश २ मा कोरोनाको परीक्षण सुरु, थप २ मेसिन खरिद गरिने

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा स्थापना गरिएको पीसीआर मेसिनबाट परीक्षण सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले जानकारी दिए । उनका अनुसार, मेसिन जडानसँगै प्राविधिकहरू पनि तयारी अवस्थामा बसिसकेका छन् । अब आउने शंकास्पद व्यक्तिको स्वाब लिएर यही परीक्षण […]

कोरोनाले सार्क राष्ट्रमा १२२ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या भारतपछि पाकिस्तानमा धेरै

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरुमा विहीबारसम्म १२२ जनाको मृत्यु भएको छ । भारतमा ७२, पाकिस्तानमा ३४, बंगलादेशमा ६, अफगानिस्तामा ६ र श्रीलंकामा ४ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या १२२ पुगेको हो । माल्दिभ्स, नेपाल र भुटानमा संक्रमणका केही घटना देखिए पनि हालसम्म कोरोना […]

निजी अस्पतालले पनि ल्याए पिपिई लगायतका स्वास्थ्य सामग्री

काठमाडाैं । निजी अस्पतालहरूले मगाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ। चीनको ग्वाङ्जाओबाट पिपिई लगायतका सामाग्री बोकेको नेपाल एयरलाइन्सको जहाज आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो। बिहीबार फ्ल्यास फ्रेटका प्रमुख तथा प्रबन्ध निर्देशक थोमस मुर्रेले जहाजमा मेडिकल किट, पिपिई, मास्क, पञ्जा, थर्मोमिटर र भेन्टिलेटरहरू लगायतका सामानहरू आउने जानकारी दिएका थिए। उनले जहाजले सिजी फाउण्डेसन, व्यावसायीक […]

प्रम ओलीका आइटी विज्ञ असगर अलीकाे कम्पनीद्धारा न्युज पोर्टल ह्याक गरेको स्वीकार, विज्ञप्तिसहित

काठमाडौँ । काठमाण्डू प्रेस’ न्युज पोर्टलको सिस्टमभित्र अनधिकृत रूपमा प्रवेश गरेर कन्टेन्ट ह्याक गरेको सिरान टेक्नोलोजिजले आफूबाट गल्ती भएको स्वीकार गरेको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीको निर्देशनमा उनका प्राविधिकहरूले न्युज पोर्टलको नयाँ एड्मिन सिर्जना गरेका थिए । अनधिकृत रूपमा अर्काको सिस्टममा छिरेर डाटा म्यानुपुलेट गर्ने कामलाई ह्याकिङ भनिन्छ । यस्तो साइबर अपराधमा संलग्नलाई दण्डित गर्ने कानुनी […]

कोरोना त्रासले संसद बैठक लगातार तेस्रोपटक स्थगित

काठमाडौं । कोरोना भाइरसको त्रासपछि प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ । यसअघि २३ चैतका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको थियो । कोरोनाको त्रास यथावत् रहेपछि शुक्रबार सूचना जारी गरेर ३० गतेसम्मका लागि बैठक स्थगित गरिएको हो । यसअघि चैत ७ गते नै बैठक १३ गतेको लागि बोलाइएको थियो । तर, १३ गतेको लागि […]