कोरोनाबाट मृत्यु भएकाहरुको सम्मानमा चीनमा राष्ट्रिय शोक मनाइँदै

Machchapuchchre

काठमाडौं । चीनले कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज राष्ट्रिय शोक मनाउँदै छ । मृतकको सम्झनामा आज विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइने छ भने सार्वजनिक र औपचारिक कार्यक्रमसमेत नगर्ने बताइएको छ ।

कोरोनाका कारण मृत्यु हुनेहरुलाई शहिदको रुपमा चित्रण गर्न शोक दिवस मनाउन लागिएको चीनको राज्य परिषदले जनाएको छ । स्थानीय समयअनुसार बिहान दश बजे तीन मिनेट मौनधारण गर्नुका साथै साइरन र घण्टीहरु बजाइने समाचारमा जनाइएको छ ।

चीनमा हालसम्म तीन हजार तीन सय मानिसको मृत्यु भएको छ । यसैबीच आज चीनमा क्विमिङ फेस्टिवलअन्र्तगत आफ्ना पुर्खा वा मृतक आफन्तहरुको स्मरण गर्ने गरिन्छ ।

चीनले यसअघि सन् २००८ मा दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा आएको भूकम्पमा परेर मृत्यु भएका ६९ हजार मानिसको सम्झनामा विश्वव्यापी रुपमा शोक मनाएको थियो ।(एजेन्सी)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्