कोरोनाविरुद्धको लडाइँमा विश्वका १९३ राजनीतिक दलद्वारा १० बुँदे संयुक्त अपिल

RBB

काठमाडौं । विश्वव्यापी महामारीकारुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न विश्वका १ सय ९३ पार्टीले साझा ऐक्यवद्धता जनाएका छन् ।

विश्वभर कोरोना भाइरसको संक्रमण रोकथामका लागि थालिएका प्रयासलाई बलियो बनाउन र जनतालई सचेत बनाई महाविपत्तिको दृढतापूर्वक सामना गर्न विश्वका १ सय ९३ राजनीतिक दलहरुले १० बुँदे संयुक्त अपिल जारी गरेका हुन् । जसमा नेपाल कम्युनिस्ट पार्टीले पनि संलग्नता जनाएको विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

‘अ जोइन्ट ओपन लेटर फ्रम वर्ल्ड पोलिटिकल पार्टीज कन्सर्निङ क्लोजर इन्टरनेसनल को–अपरेसन एगेन्स्ट कोभिड–१९ नामक उक्त अपिललाई सम्प्रेषण गरेको नेकपाले जनाएको छ । यस प्रयत्नलाई अझ बढी प्रभावकारी, सघन र सफल बनाए मात्रै कोरोनाविरुद्धको लडाइँमा विजयी हासिल गर्न सकिने विश्वास लिइएको छ ।

समान चिन्ता, सरोकार र अपेक्षका साथ तयार गर्रिएको उक्त दस्तावेजले संकटका बेला एकजुट भएर अघि बढ्न विश्वलाई प्रेरित गर्ने नेकपाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कोभिड–१९ को महामारी यतिबेला विश्वकै साझा चुनौतका रुपमा देखा परेको छ । मानव जातिमाथि नै ठूलो संकटका रुपमा देखा परेको यस महामारीका विरुद्ध लड्नका लागि विश्वका सबै मुलुकहरुले आ–आफ्नो ठाउँबाट अधिकतम प्रयत्न गरिरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्