बहराइनमा १२ नेपालीलाई कोरोना संक्रमण भएको दूतावासद्वारा पुष्टि

Machchapuchchre

बहराइन । वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका १२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बहराइनस्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हालसम्म १२ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जनाएको हो ।

२ अप्रिल २०२० साँझ ८ बजेसम्म चेकजाँच गरिएका ३६ हजार ५ सय ६ जनामध्ये २ सय ५८ जनामा संक्रमण देखिएको र त्यसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार बहराइनमा हालसम्म चार जनाकाे कोरोनाका कारण मृत्यु भएको छ ।

केही समयअघि सल्मावादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो।

तीमध्ये बिहीबार ९ नेपालीमा संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ। यसअघि संक्रमण देखिएका ३ सहित बहराइनमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको दूतावासको विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्