काँग्रेस नेता पौडेलकाे टिप्पणी – सेनालाई स्वास्थ्य सामग्री किन्न लगाउनु शुभ लक्षण होइन

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री खरिदको जिम्मेवारी सेनालाई दिनु गलत भएको बताएका छन् । कांग्रेस नेता पौडेल भन्छन्, ‘नागरिक सरकारले गर्नुपर्ने काम सेनालाई गर्न दिनु भनेको शुभ लक्षण होइन ।’

संकटको घडीमा राजनीतिक नेतृत्वले नै निर्णायक भूमिका खेल्नुपर्नेमा पौडेलको जोड छ । शुक्रबार वरिष्ठ नेता पौडेलले भने, ‘सेनाले गरेपछि छानबिन पनि नहुने र मन्त्रिपरिषदले निर्णय गरेपछि अख्तियारले पनि हेर्न पाउँदैन, त्यसैले जे गर्दा पनि हुन्छ भन्ने बेइमानीपूर्ण मनोवृत्ति देखिएको छ ।’

‘सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि केही गरेको छैन त भन्दिनँ । तर, पर्याप्त काम भने भएको छैन । यति नजिकको छिमेक चीनमा कोरोना देखिएको तीन महिना भइसकेको छ । त्यतिबेलै हामीले पर्याप्त तयारी गर्नु पथ्र्याे । ढिलो गरी केही सामान त आयो । तर, विवादमा पर्‍यो । सामान खरिदमा भ्रष्टाचार र कमिसनको धेरै ठूलो खेल भएको कुरा आएको छ ।

सामान त आयो । तर, अधुरो आयो । पूरा शरीर सुरक्षित गर्ने गरी पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युइपमेन्ट) ल्याइएन । पीपीई भनेको त शीरदेखि पैतालासम्मै बचाउने चाहियो नि । स्वास्थ्यकर्मी नै सुरक्षित भएनन् भने अरु कसरी सुरक्षीत हुन्छ । सामान अधुरो मात्रै होइन मुल्यमा पनि अत्यन्त ठूलो हिराफेरी भएको कुरा आएको छ । यसमा राज्यको गैर–जिम्मेवारीपन र असावधानी देखियो ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्