दोस्रो रात पनि आईसीयूमै रहे बेलायती प्रधानमन्त्री जोन्सन

लन्डन । कोरोनाभाइरसको संक्रमणका कारण स्वास्थ्य समस्या बढ्दै गएपछि अस्पताल भर्ना भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था स्थिर रहेको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनी गत आइतबार लन्डनस्थित सेन्ट टमस अस्पतालमा भर्ना भएका थिए । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको र सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको छ । समाचार अनुसार […]

कोरोना सङ्क्रमित ४ मध्ये तीन जना नेपाली निको भए – साउदीस्थित नेपाली दूतावास

काठमाडाैं । साउदीमा कोरोना सङ्क्रमित चार जना नेपालीमध्ये तीन जना निको भएका छन् । साउदीमा रहेको नेपाली दूतावासले कोरोना सङ्क्रमित चारमध्ये तीन जना निको भएको र एक जनासँग सम्पर्कमा रहेको जनाएको छ । निको भएका तीन जना काममा फर्किएका छन् । खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना नेपाली सङ्क्रमित भएका छन् । यूएईमा दुई […]

स्वास्थ्य सामग्री खरिदका लागि सेनाले गर्‍यो पाँच देशलाई पत्राचार

काठमाडाैं । नेपाली सेनाले स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि पाँच वटा देशलाई पत्राचार गरेको छ। सेनाले स्वास्थ्य सामग्रीका लागि चीन,दक्षिण कोरिया,सिंगापुर,इजरायल र भारतलाई पत्राचार गरेको हो। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिसिएमसी)ले तयार पारेको स्वास्थ्य सामग्रीको सूचीका आधारमा पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। ती देशहरूमा रहेका सैनिक सहचारीमार्फत् पनि स्वास्थ्य सामग्री खरिदका लागि पहल गरिएको […]

जुम्लामा कोरोना सङ्क्रमण भएको आशङ्का गरिएका छ जनाकाे रिपार्ट नेगेटिभ

जुम्ला । जुम्लामा कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का गरिएका छ जनामा सङ्क्रमण नभएको पुष्टि भएको छ । नमूना परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रतिवेदनमा कोरोना नभएको पुष्टि भएको हो । छ जनाको स्वाब परीक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गत २३ चैतमा प्रदेश अस्पताल सुर्खेत पठाएको थियो । प्रतिष्ठानका अस्पताल निर्देशक डा […]

बिरामी बोक्न नमान्ने दुई एम्बुलेन्स कास्की प्रहरीको नियन्त्रणमा

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिई कारबाही गरेको छ । पोखरामा सञ्चालित मेट्रो सिटी र फेवा सिटी अस्पतालका ग १ च ५४९२ र ग १ च २७१४ नम्बरका एम्बुलेन्स सेवाग्राहीले बोलाउँदा विभिन्न बहाना गरी सेवा दिन आनाकानी गरेकोले चालकसमेतलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता […]

राज्य सरकारहरूको सुझावपछि लकडाउन थप गर्ने तयारीमा भारत

काठमाडाैं । २१ दिनका लागि तय भएको भारतको लकडाउन थप हुनसक्ने देखिएको छ। कोरोना संक्रमण देखिएका महाराष्ट्र, तेलाङ्गना, पंजाब र मध्य प्रदेश लगायतका राज्यहरू जारी लकडाउन थप गर्नुपर्ने पक्षमा देखिएकाले अप्रिल १४ पछि पनि लकडाउन जारी रहने देखिएको हो। भारतका धेरै राज्य सरकार तथा विशेषज्ञहरूले लकडाउन खोल्दा हाल स्थिर देखिएको कोरोना भाइरसको संक्रमण बढ्न सक्ने […]

नेकपा सचिवालयको निष्कर्ष- कोरोना विरुद्ध सरकारकाे नीति ठीक, कार्यान्वयन अझै प्रभावकारी हुनुपर्ने 

काठमाडाैं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँमा सरकारले लिएका नीति ठीक रहे पनि कार्यान्वयन अझै प्रभावकारी हुनुपर्ने निष्कर्ष नेकपा सचिवालय बैठकले निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार करिब पाँच घण्टा बसेको सचिवालय बैठकमा कोरोनाविरुद्ध सरकारले लिएका नीतिहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव सदस्यहरुले दिएका थिए। बैठकको सुरुमै प्रधानमन्त्री एव‌ं पार्टी अध्यक्ष केपी शर्मा […]

इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार १ सय नाघ्यो, कति छन संक्रमित ?

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६०४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १२७ पुगेको छ । इटालीमा एकैदिन ३ हजार ३९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३५ हजार ५८६ पुगेको छ । इटालीमा संक्रमितमध्ये २४ हजार ३९२ जना […]

भारतमा कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या १५० पुग्यो, ५ सय ३३ जनामा संक्रमण

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ । भारतमा एकैदिन ५ सय ३३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार ३३१ पुगेको छ । भारतमा संक्रमितमध्ये ४२१ जना उपचारपछि निको भएका छन् […]

अमेरिकाको न्युयोर्कमा मात्रै एकै दिन ७ सय ३१ जनाको मृत्यु, १ लाख ३८ हजारबढी संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९१९ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांक हालसम्मकै उच्च हो । योसँगै मृत्यु हुनेको संख्या १२ हजार ७९० पुगेको छ । अमेरिकाको न्युयोर्क शहरमा मात्रै एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको […]