कृषि ऋणको ४ महिनाको व्याज तिरिदिने प्रदेश २ सरकारकाे निर्णय

जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारी रोक्न गरिएको लकडाउनबाट कारण प्रभावित किसानले लिएको ऋणको चार महिनाको व्याज तिरिदिने निर्णय समेत गरेको छ । शुक्रबार विहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले किसानले बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋृणको ४ महिनाको व्याज तिरिदिने निर्णय गरेको हो । कृषि कर्मको लागि किसानहरुले ५ लाखसम्म लिएको ऋणमा अधिकतम […]

जरिवाना तिरेर छुटे लकडाउन उल्लंघन गर्ने वडा अध्यक्षहरु

कैलाली । लकडाउनको समयमा मेला सञ्चालन गर्ने वडा अध्यक्षसहित ९ जनालाई जिल्ला प्रशासन कार्यालयले सजाय सुनाएको छ । लकडाउनको समयमा मेला सञ्चालन गरेको भन्दै प्रशासनले छविसपाथिभेरा गाउँपालिका २ का वडा अध्यक्ष विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का अध्यक्ष अम्मरराज थापालाई एक महिना कैद र एक सय जरिवानाको सजाय सुनाएको हो । मुलुकी […]

हामीलाई जीवन र स्वतन्त्रता दुबै चाहिन्छ – बाबुराम भट्टराई (भिडियाेसहित)

काठमाडाैं । पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जीवन र स्वतन्त्रता दुबै चाहिने बताएका छन्। कोरोनाभाइरस परास्त गर्न सकिने उल्लेख गर्दै भट्टराईले ‘यस्तो बेलामा जीवन वा स्वतन्त्रता भन्ने होइन, हामीलाई जीवन र स्वतन्त्रता दुबै चाहिन्छ’ भनेका हुन्। केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन वा स्वतन्त्रतामा अल्झन नहुने बताएको […]

भारतमा कोरोना भाइरसले एकै दिन ४९ जनाको मृत्यु, संक्रमित हुनेको संख्या ६ हजार ७२५ पुग्याे

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २२७ पुगेको छ । भारतमा एकैदिन ८०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ७२५ पुगेको छ । भारतमा संक्रमितमध्ये ६३५ जना उपचारपछि निको भएका छन् । […]

कांग्रेस बरिष्ठ नेता पौडेलद्वारा कोरोनापछिको अर्थतन्त्रबारे विज्ञहरुसँग छलफल

काठमाडौँ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेका छन् । पौडेलले बिहीबार भिडियो कन्फरेन्समार्फत विज्ञहरुसँग कोरोना संक्रमणपछिको अर्थतन्त्रबारे छलफल गरेका हुन् । छलफलमा योजना आयोगका पूर्व उपाध्यक्षहरु गोविन्द पोखरेल, स्वर्णिम वाग्ले तथा विज्ञहरु कमल रिजाल, सुरज पोखरेल, सिद्धिगणेश श्रेष्ठ, माधवप्रसाद पौडेल, प्रधुम्नराज पाण्डे, सहदेवप्रसाद हुमागाॅई सहभागी थिए। छलफलमा […]

बाजुरामा आफ्नै श्रीमानद्वारा गोली हानी श्रीमतीको हत्या

मार्तडी । बाजुरामा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ । बाजुराको गौमूल गाउँपालिका–४ की ३३ वर्षीया सुन्तु रोकायाको गोली हानी हत्या भएको हो । प्रहरीका अनुसार सुन्तुकै श्रीमान् ४० वर्षीय गोरख रोेकायाले गोली हानी हत्या गरेका हुन् । भैंसी गोठमा लागी लागेर मृत अवस्थामा फेला परेपछि सुन्तुका माइती पक्षले प्रहरीलाई खबर गरेका थिए […]

कोरोना भाइरस संक्रमण – भारतको कुन राज्यमा कतिले ज्यान गुमाए ?

भारत । भारतमा पछिल्ला केही दिनमा कोभिड-१९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार मध्याह्नसम्मको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको छ । भारतमा ५ हजार ९१६ जनामा यसको सङ्क्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ । […]

तत्काल रसुवागढी नाका नखोल्ने चीनद्धारा नेपाल सरकारलाई जानकारी

काठमाडौं । तत्कालका लागि रसुवागढी नाका नखोल्ने जानकारी चीनले नेपाल सरकारलाई गराएको छ । नेपालले अत्यवश्यक वस्तुको मात्रै आयात गर्ने सर्तमा तातोपानी नाकामात्रै खोल्ने जानकारी चीनले पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बुधबार साँझबाट आशिंक रूपमा तातोपानी नाका खुलेको छ । वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चैत १२ गते चीन सरकारलाई तातोपानी र […]

विदेशबाट फर्केका सबै होम क्वारेन्टाइनमा, औषधि र सुरक्षा भत्ता घरघरमै

काभ्रे । विदेशबाट हालसम्म घर फर्किएका सबैको स्वास्थ्य परीक्षण गरी एकान्तवास (होम क्वारेन्टाइन)मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएका छन् । यसमध्ये चैत महिनामा मात्रै २५१ विदेशबाट घर फर्किएको पाइएको कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । उनले भने , “घर फर्केका सबैको स्वास्थ्य परीक्षण गरी होम […]

कोरोना कहरः आजदेखि कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो । बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै गरिने जनाइएको छ । महानगरपालिकाले लकडाउनको अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका […]