बुटवलबाट हिँडेरै कैलाली जान खोजेका ४२ जना सैनामैना नगरपालिकाको क्वारेन्टाइनमा

बुटवल । रुपन्देहीको बुटवलबाट पैदल हिंडेरै कैलालीको टीकापुर जान खोजेका ४२ जना श्रमिकलाई सैनामैना नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । लकडाउनका कारण सार्वजनिक सवारी साधन नचलेपछि उद्योग र निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरु प्रहरीलाई छल्दै पैदल हिंडेरै बुटवलबाट सैनामैनाको मुर्गियामा पुगेका बेला स्थानीयले देखेपछि रोकेका हुन् । स्थानीयले नगर प्रमुख चित्रबहादुर कार्कीलाई जानकारी गराएपछि ४२ जनालाई […]

कोरोना भाइरस- २४ घण्टामा ६ हजार ८३ जनकाे मृत्यु, ८० हजार २१८ नयाँ संक्रमित थपिए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ७९ हजार ९९ पुगेको छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ८० हजार २१८ नयाँ संक्रमित थपिएको छन् । यो हिजोको भन्दा बढी हो । त्यस्तै एकैदिन ६ हजार ८३ जनाले ज्यान गुमाएका छन् । उनीहरुसँग अब कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ […]

२४ घण्टामा ८ सय ९७ जनामा कोरोनाभाइरस परीक्षण, नतिजा ‘नेगेटिभ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका थप संक्रमित नभएको बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलन माफर्त नयाँ संक्रमण नभएको जानकारी दिएका हुन् । गत २४ घण्टामा ८ सय ९७ जनाको कोरोना परीक्षण गर्दा नयाँ संक्रमण नभेटिएको शनिवारको पत्रकार सम्मेलनमा डा देवकोटाले जानकारी दिए । प्रवक्ता देवकोटाका अनुसार […]

लकडाउनका बेला होलिडे मनाउन हिडेकाे राज्यमन्त्री कारवाहीमा, तिरे १ हजार डलर जरिवान

काठमाडौं । कोरोना भाईरस नियन्त्रणको प्रतिबन्ध उल्लघंन गरेको भन्दै अस्ट्रेलियाका एक राज्यमन्त्री कारवाहीमा परेका छन् । न्यु साउथ वेल्स राज्यका कलामन्त्री डन हार्विनलाई नियम तोडेको आरोपमा प्रहरीले १ हजार डलर अर्थात १ लाख बढी नेपाली बराबरकाे रकम जरिवाना तिराएको हो । मन्त्री हार्विन सेन्ट्रल कोष्टको आफ्नो होलिडे हाउसमा बस्न गएका थिए । न्यु साउथ वेल्स […]

इटालीमा लकडाउनको समय मे ३ सम्मका लागि लम्ब्याइयो

काठमाडौं । इटालीमा लकडाउनको समय मे ३ सम्मका लागि लम्ब्याइएको छ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लकडाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेका हुन् । इटालीमा मार्च ९ मा पहिलोपटक मुलुकमा लकडाउनको घोषणा गरिएको थियो । यो लकडाउन अप्रिल ३ सम्मका लागि घोषणा गरिएको थियो । पछि यो लकडाउनको समय […]

नेपाल प्रहरीका १० एसएसपीको डीआईजीमा बढुवा (सूचीसहित)

काठमाडौँ । दरबन्दी खाली रहेको २ महिनापछि नेपाल प्रहरीका १० जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४)को प्रावधान अनुसार १० प्रहरी बरिष्ठ उपरीक्षकलाई डीआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीको […]

विदेशमा रहेका नेपालीको अवस्था बुझ्न जनसम्पर्क समितिलाई नेपाली कांग्रेसकाे निर्देशन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी रहेका बेला विदेशमा रहेका नेपालीहरुको अवस्थाबारे अध्ययन गर्न सुरु गरेको छ । कांग्रेसको जनसम्पर्क समन्वय विभागले २६ देशमा रहेका पार्टीका जनसम्पर्क समितिमार्फत् विदेशमा रहेका नेपालीको अवस्था कस्तो छ भन्ने बारेमा खोजीनिति सुरु गरेको हो। कांग्रेस जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले भिडियो कन्फरेन्समार्फत् […]

भारततर्फबाट खाद्यान्नको आयात भइरहेकाे छ, आपूर्तिमा व्यवधान छैन- मन्त्री भट्ट

काठमाडौं । सरकारले  दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै असहज अवस्था नआएको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज नेपाल टेलिभिजनमार्फत सरकारले आवातजावतमा रोक लगाए पनि छिमेकी मुलक भारततर्फबाट खाद्यान्नको आयातमा कुनै समस्या नरहेको बताए । ‘आयात निरन्तर छ, तथ्याङ्कमा हेर्ने हो भने आपूर्ति सहज छ,’ उनले भने, ‘सीमाबाट व्यवस्थित ढङ्गबाट आइरहेको छ […]

चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टा गरिएको छैन – स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार कोषका लागि चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टा नहुने जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत कोरोनाको उपचार कोषका लागि स्वास्थ्यकर्मीको तलब काट्ने तयारी नभएको बताएका हुन् । ‘चैत ११ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार विभिन्न तहका कार्मचारीहरुले तीन देखि सात दिनसम्मको तलब […]

त्रिभुवन विश्वविद्यालयद्धारा वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वैशाख र जेठका लागि तय भएका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णयअनुरुप वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणको […]