लकडाउनका बेला होलिडे मनाउन हिडेकाे राज्यमन्त्री कारवाहीमा, तिरे १ हजार डलर जरिवान

Machchapuchchre

काठमाडौं । कोरोना भाईरस नियन्त्रणको प्रतिबन्ध उल्लघंन गरेको भन्दै अस्ट्रेलियाका एक राज्यमन्त्री कारवाहीमा परेका छन् । न्यु साउथ वेल्स राज्यका कलामन्त्री डन हार्विनलाई नियम तोडेको आरोपमा प्रहरीले १ हजार डलर अर्थात १ लाख बढी नेपाली बराबरकाे रकम जरिवाना तिराएको हो ।

मन्त्री हार्विन सेन्ट्रल कोष्टको आफ्नो होलिडे हाउसमा बस्न गएका थिए । न्यु साउथ वेल्स राज्यले भाईरस फैलन नदिन, सबै नागरिकलाई शहरी क्षेत्रबाट ग्रामिण भेगमा यात्रा नगर्न र नबस्न निर्देशन दिएको छ ।

तर, यो नियमको उल्लघंन गर्दै मन्त्री हार्विन भने आफ्नो पर्ल विचको घरमा बस्न गएका थिए । गत बुधवार मन्त्री हार्विन होलिडे घरमा बसिरहेको फोटो सामाजिक संजालमा सार्वजनिक भएको थियो । त्यसपछि बिहिबार उनी पर्लविचबाट सिड्नी फर्किएपछि प्रहरीले जरिवाना तिराएको हो ।

कोरोना फैलन नदिन नियम तोड्नेलाई स्थानिय प्रहरीलाई ठाउको ठाउको जरिवाना तिराउन सक्ने अधिकार दिईएको छ । न्यु साउथ वेल्सका प्रहरी आयुक्त माईक फुलरले कोही पनि कानुनभन्दा माथी नरहेको स्थानिय मिडियालाई बताए ।

उनले भने -‘जो कोहीले कानुन तोड्ने कार्य गर्छ भने त्यसको अनुसन्धान हुन्छ र कानुन अनुसारको कारवाहीको भागिदार हुनुपर्छ ।’ आफ्नो मन्त्रीको हर्कतलाई न्यु साउथ वेल्सका मुख्यमन्त्री (प्रिमियर)ग्याल्डिस बेरजेकलिनले निकै दुखद भएको बताईन । उनले भनिन् कानुनभन्दा माथी कोही छैन ।

यो घटनापछि मुख्यमन्त्री ग्याल्डिसमाथी मन्त्री हार्विनलाई बर्खास्त गर्न दवाव परेको छ । उता मन्त्री हार्विनले आफु होलिडे होममा ३ हप्तादेखि बसिरहेको र स्वास्थ्य परिक्षणका लागि मात्र एक चोटी सिड्नी आएको प्रतिक्रिया दिएका छन् । उनले आफु होलिडे होममै बसेर काम गरेको बताएका छन् ।

यसअघि न्यूजिल्याण्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्क कारबााहीमा परेका थए । लकडाउनका समयमा साइकल यात्रामा निस्कीएपछि उनलाई प्रधानमन्त्री जाकिन्डा एर्डेनले लकडाउन उलघंन गरेको भन्दै स्वास्थ्यमन्त्रीबाट उपस्वास्थ्यमन्त्रीमा घटुवा गरेका हुन् ।लकडाउनको समयमा परिवारसहित बाहिर निस्कीएको भन्दै न्यूजिल्याण्डमा उनको सर्वत्र बिरोध भएको थियो ।

उनी लकडाउनको बेला परिवारसहित ४० किलोमिटर यात्रा यात्रामा निस्कीएका थिए । मुलुकभरी आफ्नो सर्वत्र आफ्नो आलोचना भएपछि उनले आफूले गल्ती गरेकाे स्वीकार गर्दै आफैँलाई ‘मूर्ख’को संज्ञा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

“सामान्य अवस्थामा जस्तो भए उहाँलाई निलम्बन गरिने थियो तर कोरोना भाइरसबिरुद्धको लडाइँमा उहाँको साथ चाहिने भएकोले उहाँलाई घटवा मात्रै गरेका छौं, आशा गरेका छौं उहाँले आगामी दिनमा राम्रो काम गर्नुहुने छ”- न्यूजिल्याण्डकी प्रधानमन्त्रीले विज्ञप्ति मार्फत बताएकी छन् । न्यूजिल्याण्डमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि त्यहाँको सरकारले चार साता लामो लकडाउनको घोषणा गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्