कोरोना भाइरस संक्रमण – भारतको कुन राज्यमा कतिले ज्यान गुमाए ?

Machchapuchchre

भारत । भारतमा पछिल्ला केही दिनमा कोभिड-१९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार मध्याह्नसम्मको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको छ ।

भारतमा ५ हजार ९१६ जनामा यसको सङ्क्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ । महाराष्ट्रमा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र सङ्क्रमितहरुको संख्या त्यहाँ १ हजार १३५ जना पुगेको बताइएको छ ।

पछिल्लो २४ घन्टा अर्थात बिहीबार बिहानसम्म मात्र महाराष्ट्रमा कोभिड १९ का ५० भन्दा बढी सङ्क्रमित थपिएका छन् । योसँगै महाराष्ट्रमा कोभिडका सङ्क्रमितहरुको संख्या १ हजार १३५ पुगेको बताइएको छ ।

यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । पछिल्लो २४ घन्टामा भेटिएका ५० भन्दा बढी सङ्क्रमितमध्ये ३० जनाभन्दा बढीमा स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो ।

ती ६० मध्येका २५ जना बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् । भारतमा योसँगै पछिल्लो २४ घन्टाभित्र मात्र ५४० जना संक्रमित थपिएका छन् । भारतमा पछिल्ला केही दिनमा यतिधेरै विरामी भेटिन थालेका हुन् । हिजो पनि त्यहाँ ७४३ जना संक्रमित भेटिएका अधिकारीहरुको भनाई छ ।

भारतमा ४०० भन्दा बढी सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा अहिले पनि भारतमा ५ हजार भन्दा बढी विरामी अस्पतालमा उपचाररत छन् । मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार यहाँ ५ हजार ९५ जना विरामी अस्पतालमा छन् ।

गएको २४ घन्टा भित्रमात्र मृत्यु हुनेको संख्या १७ रहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । यसरी भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १६६ जना पुगेको नवभारत टाइम्सले भारतीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै जनाएो छ ।।

महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना सङक्रमण भएका व्यक्तिको संख्या बिहीबार बिहानसम्म ७३८ पुगेको छ । त्यसपछिका बढी सङ्क्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका सङ्क्रमितको संख्या ६६९ रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु बडो चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्