बाजुरामा आफ्नै श्रीमानद्वारा गोली हानी श्रीमतीको हत्या

Machchapuchchre

मार्तडी । बाजुरामा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ । बाजुराको गौमूल गाउँपालिका–४ की ३३ वर्षीया सुन्तु रोकायाको गोली हानी हत्या भएको हो । प्रहरीका अनुसार सुन्तुकै श्रीमान् ४० वर्षीय गोरख रोेकायाले गोली हानी हत्या गरेका हुन् ।

भैंसी गोठमा लागी लागेर मृत अवस्थामा फेला परेपछि सुन्तुका माइती पक्षले प्रहरीलाई खबर गरेका थिए । बिहीबार बिहान घटनास्थल पुगेको प्रहरीले बुधबार राति घटना भएको जनाएको छ । प्रहरीले भरुवा बन्दुकसहित सुन्तुका श्रीमान गोरखलाई पक्राउ गरेको छ । प्रहरीले घटनाबारे विस्तृत छानबिन भइरहेको जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्