तत्काल रसुवागढी नाका नखोल्ने चीनद्धारा नेपाल सरकारलाई जानकारी

Machchapuchchre

काठमाडौं । तत्कालका लागि रसुवागढी नाका नखोल्ने जानकारी चीनले नेपाल सरकारलाई गराएको छ । नेपालले अत्यवश्यक वस्तुको मात्रै आयात गर्ने सर्तमा तातोपानी नाकामात्रै खोल्ने जानकारी चीनले पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बुधबार साँझबाट आशिंक रूपमा तातोपानी नाका खुलेको छ । वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चैत १२ गते चीन सरकारलाई तातोपानी र रसुवागढी नाका सञ्चालनको आग्रह गर्दै पत्राचार गरेको थियो । नेपालले पत्राचार गरेको ९ दिनपछि परराष्ट्रलाई जवाफ पठाउँदै चीनले तत्कालका लागि तोतोपानी नाका मात्रै खोल्न सकिने जनाएको मन्त्रालय स्रोतले बतायो ।

नेपालले आवश्यकतानुसार आयात निर्यात दुवै व्यापारका लागि नाका खोल्न चाहे पनि चीन नेपालबाट आयातमा अनिच्छुक देखिएको छ । हाललाई रसुवागढी नाका नखोल्ने तातोपानीबाट मात्रै चीनले नेपालसँग कारोबार गर्ने जानकारी आफूलाई आएको तातोपानी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्