कांग्रेस बरिष्ठ नेता पौडेलद्वारा कोरोनापछिको अर्थतन्त्रबारे विज्ञहरुसँग छलफल

Machchapuchchre

काठमाडौँ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेका छन् । पौडेलले बिहीबार भिडियो कन्फरेन्समार्फत विज्ञहरुसँग कोरोना संक्रमणपछिको अर्थतन्त्रबारे छलफल गरेका हुन् ।

छलफलमा योजना आयोगका पूर्व उपाध्यक्षहरु गोविन्द पोखरेल, स्वर्णिम वाग्ले तथा विज्ञहरु कमल रिजाल, सुरज पोखरेल, सिद्धिगणेश श्रेष्ठ, माधवप्रसाद पौडेल, प्रधुम्नराज पाण्डे, सहदेवप्रसाद हुमागाॅई सहभागी थिए।

छलफलमा सहभागी विज्ञहरुले अब अर्थतन्त्र उकास्न कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने सुझाव दिएका थिए। छलफल कोरोनापछिको कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रीत भएको योजना आयोगका पूर्वउपाध्यक्ष वाग्लेले बताए।

विज्ञहरुले स्थिति सामान्य भएपछि कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा वृद्धि गर्नुपर्ने बताएका थिए। वाग्लेले कृषि क्षेत्रलाई राहत दिनुपर्ने कृषि क्षेत्रले दिनसक्ने आउटपुटका आधारमा विषेश प्याकेजको घोषणा गर्नुपर्ने सुझाएको बताए।

छलफलमा पौडेलले आजको युग अनुसारको प्रविधिको प्रयोग कृषिमा कसरी गर्न सकिन्छ भन्ने सुझाव विज्ञहरुसँग मागेका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्