डेढ घण्टामै उल्टियो सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

Machchapuchchre

काठमाडाैं । काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेका कारण संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टामै निर्णय बदल्न बाध्य भएकाे स्राेतले सञ्चारकेन्द्रलाई बतायो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो । र, गृहकार्य गर्न गृह मन्त्रालयलाई भनिएको थियो । तर लगत्तै प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए ।

गहृ मन्त्रालयले पनि भोलि र पर्सि नै पठाउन सम्भव नभएको राय दिएपछि निर्णय उल्टिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बताए । यसअघि सरकारले भाेली र पर्सी उपत्यकाबाट बाहिर जान पाइने निर्णय गरेपछि घर फर्कन चाहानेहरू खुशि भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्