इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार १ सय नाघ्यो, कति छन संक्रमित ?

Machchapuchchre

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६०४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १२७ पुगेको छ ।

इटालीमा एकैदिन ३ हजार ३९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३५ हजार ५८६ पुगेको छ । इटालीमा संक्रमितमध्ये २४ हजार ३९२ जना उपचारपछि निको भएका छन् । ३ हजार ७९२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । ९४ हजार ६७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८१ हाजर ९ सय ७२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १४ लाख २५ हजार ८०५ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्