भारतमा कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या १५० पुग्यो, ५ सय ३३ जनामा संक्रमण

Machchapuchchre

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ ।

भारतमा एकैदिन ५ सय ३३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार ३३१ पुगेको छ । भारतमा संक्रमितमध्ये ४२१ जना उपचारपछि निको भएका छन् । ४ हजार ७७० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८१ हाजर ९ सय ७२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १४ लाख २५ हजार ८०५ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्