कोरोना सङ्क्रमित ४ मध्ये तीन जना नेपाली निको भए – साउदीस्थित नेपाली दूतावास

Machchapuchchre

काठमाडाैं । साउदीमा कोरोना सङ्क्रमित चार जना नेपालीमध्ये तीन जना निको भएका छन् । साउदीमा रहेको नेपाली दूतावासले कोरोना सङ्क्रमित चारमध्ये तीन जना निको भएको र एक जनासँग सम्पर्कमा रहेको जनाएको छ ।

निको भएका तीन जना काममा फर्किएका छन् । खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना नेपाली सङ्क्रमित भएका छन् । यूएईमा दुई जना सङ्क्रमित नेपाली यसअघि नै निको भइसकेका छन् । खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना सङ्क्रमित भएका छन् ।

जसमध्ये यूएईमा दुई जना सङ्क्रमित नेपाली यसअघि नै निको भइसकेका छन् । खाडीका देश र मलेसियामा जम्मा १३ हजार ७१५ जना सङ्क्रमित छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्