समवेदनाहिन बने अस्पताल, उपचार गर्न नमानेपछि फेरी कैलालीमा एक विरामीकाे मृत्यु

Machchapuchchre

धनगडी । देशमा काेरेनाकाे सन्त्रास सुरू भएसँगै अस्पतालहरूले सामान्य विरामीलाई समेत जाँच्धन छाेडेका छन् । कपिलवस्तुमा अस्पतालले उपचार गर्न नमानेर एक जनाले ज्यान गुमाएकाे एक साता नबित्दै गढीमा पनि साेहि घटना दाेहाेरिएकाे छ ।

अस्पतालले भर्ना गर्न नमानेपछि बुधबार कैलालीमा एक बिरामीले अकालमा ज्यान गुमाउनु परेकाे छ । कैलालीको गोदावरी नगरपालिका -२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको उपचार नपाएर मृत्यु भएको हो ।

बुधबार साढे ११ बजे धनगढी स्थित माया मेट्रो अस्पताल पुर्‍याइएका भट्टलाई अस्पतालले भर्ना गर्न नमानेपछि सिकिस्त अवस्थामा नै विरामी फर्काएर घर लान परिवार बाध्य भएकाे थियाे ।

बिरामीका आफन्त हेमराज भट्टले आफ्ना अंकललाई साढे ११ बजे अस्पतालमा पुगाए पनि भर्ना गर्न नमानेकाे र त्यहाँ अलपत्र पर्नु परेकाे दुखेसाे पाेखे । मुटुको अप्रेसन गरेका भट्टलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । तर, धनगढीका कुनै पनि अस्पताले भर्ना नलिएको भट्टको गुनासो छ ।

कुनै अस्पतालले भेन्टिलेटर छैन भने कसैले डाक्टर छैन भने,’ उनले भने , ‘कसैले भर्ना नलिएपछि हामीले घर ल्यायौँ।’ घरमा पुर्‍याएको केही घण्टामै उनको मृत्यु भएको भट्टले बताए ।

माया मेट्रो अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले भने भेन्टिलेटर खाली नहुँदा भर्ना गर्न नसकिएको प्रतिक्रिया दिए। ‘डाक्टरले एम्बुलेन्समै गएर चेक गर्नुभएको हो। अवस्था चिन्ताजनक भएपछि अन्यत्र लैजान सुझाव दिनुभएको थियो,’ उनले भने ।

यसअघि मंगलबारज्वरो आएका विरामीलाई अस्पतालले उपचार गर्न नमानेपछि कपिलवस्तुको यशोधरा गाउँपालिका–६ कि एक महिलाको मृत्यु भएको थियाे । आइतबार राती ज्वरोले च्यापेपछि रंगपुरकी ३६ बर्षीया कलामुन निशाको मृत्यु भएको हो । ज्वरो आएपछि सुरुमा उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।

अस्पतालले भर्ना गर्न नमानेपछि विरामीका आफन्तले उनलाई भैरहवा पुर्‍याएका थिए । भैरहवा मेडिकल कलेजले पनि भर्ना नलिए पछि पुनः कपिलवस्तु अस्पताल ल्याएको वडा अध्यक्ष श्याम नारायण उपाध्यायले जानकारी दिए ।

अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले सोमबार मृत घोषणा गरेको थिए । निशालाई तीन दिन पहिला सामान्य ज्वरो आएपछि तौलिहवास्थित एक मेडिकलबाट औषधि दिइएको थियो । टाईफाइड भएको भन्दै स्थानीय मेडिकलले दिएको औषधिले काम नगरेपछि उनलाई अस्पताल लगिएको आफन्तले बताएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्