कठिन परिस्थितिमा ड्युटीमा नआउने लुम्बिनी प्रादेशिक अस्पतालका पाँच डाक्टर बर्खास्त

Machchapuchchre

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्तिमा परेका छन् । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएपछि सामाजिक विकास मन्त्रीकाे निर्देशनमा उनीहरूलाई बर्खास्त गरिएकाे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा. राजेन्द्र खनालले बताए ।

अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई सेवाबाट हटाइएको हो ।

अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा हाजिर भएका थिएन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा. राजेन्द्र खनालले भने, ‘सामाजिक विकास मन्त्री सुदर्शन बराल ज्यूले तत्काल बर्खास्त गर्न निर्देशन दिनुभयो ।’

हटाइएका चिकित्सकहरु करारमा नियुक्त भएका थिए । सामाजिक विकास मन्त्री बरालले सिंगो मुलुक कोरोना भाइरस संक्रमणको महामारीको संकटमा परेका बेला अग्रमोर्चामा खटिएर विरामीलाई उपचार गर्नुपर्ने दायित्वबाट पन्छिनु गम्भीर गल्ती हुने भन्दै सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएको स्वीकार गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्