आजको बिरोध सभामा रामकुमारी झाँक्रीको आक्रोस

अर्थ राजनीति ~  संसद विघटनविरुद्ध काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको विरोध सभा जारी  छ । काठमाडौंका विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डप पुगेर सभामा परिणत भएको थियो । सभालाई प्रचण्ड, माधव नेपालसहित १४ जनाले सम्बोधन गर्ने तय भएको थियो। त्यसै क्रममा नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो बोल्ने पालोमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की […]

सरकार अनलाइन निर्देशिका ल्याउने तयारीमा

अर्थ राजनीति  ~  सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउ लागेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउन लागेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुन नदिने यस्तो निर्देशिका ल्याउन लागिएको जानकारी दिएका छन् […]

प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, दुई लाख मानिस उतार्ने दाबी

अर्थ राजनीति ~  संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव समूह)ले आज काठमाडौंमा विरोधसभा गर्दैछ । भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् ।  मुख्य र्‍याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा […]

खर्च गर्न नसकेपछि घट्यो चालु आर्थिक वर्षको बजेट

अर्थ राजनीति ~ कार्यान्वयन गर्न नसकेपछि सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनाको अर्धवार्षिक समिक्षा गर्दै बजेटको आकार घटाएको हो । अर्धवार्षिक समिक्षा गर्दै मन्त्रालयले यस वर्षको बजेटको आकार १३ खर्ब ४४ अर्ब ६८ करोड रहने प्रक्षेपण गरेको छ । यो कुल विनियोजीत बजेट भन्दा १ खर्ब […]

प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुग्नुभएको छ । ओली निर्वाचन तथा पार्टी विवादबारे बुझ्न आयोग पुग्नु भएको हो । यसघि ओली समूहका नेताहरु महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरु आयोगमा पुगिसकेको थिए । बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा […]

प्रतिनिधिसभा चुनाव वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा हुने

अर्थ राजनीति ~सरकारले प्रतिनिधि सभाको निर्वाचन आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा र वैशाख २७ गते दोस्रो चरणमा कर्णाली, […]

अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई  ७ अर्ब दिने

अर्थ राजनीति ~ अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई  ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै तय भएको छैन । यद्यपि आयोगले हालसम्म माग गरेको ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको उनले बताए । मन्त्री पौडेलका अनुसार सरकारले खर्च नहुने आयोजनाको रकम काटेर निर्वाचन […]

प्रधानन्यायाधीश द्वारा वकिलहरुलाई समय पालनामा कडाइ

अर्थ राजनीति  ~  संसद विघटनको मुद्दामा सुनुवाइ भइरहेको संवैधानिक इजलासमा सोमबार बहस सुरु भएदेखि नै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समय पालनामा कडाइ गरेका छन् । सुरुमा बहस गर्न आएका अधिवक्ता ईश्वरीप्रसाद भट्टराईलाई १५ मिनेट समय तोके।  उनले ३० मिनेट बहस गरेपछि प्रधानन्यायाधीश जबराले बहस टुंग्याइहाल्न आग्रह गरे । भट्टराईपछि बहसमा आएका अधिवक्ता महेश नेपालले संसदीय […]

नेपाली कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार

अर्थ राजनीत  ~   नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टीसँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् । नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा संकट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनर्स्थापना या निर्वाचनमा मध्ये […]

मुख्यमन्त्री शेरधन राईको प्रदेश १ सभाको बैठक आज

अर्थ राजनीत ~  प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक  नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएकोले आज आइतबार दिउँसो २ बजे बस्न लागेको छ ।  प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् भने बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्ता पक्षले बैठक अवरुद्ध गर्नेछ । प्रदेश […]