मुख्यमन्त्री शेरधन राईको प्रदेश १ सभाको बैठक आज

Machchapuchchre

अर्थ राजनीत ~  प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक  नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएकोले आज आइतबार दिउँसो २ बजे बस्न लागेको छ ।  प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् भने बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्ता पक्षले बैठक अवरुद्ध गर्नेछ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड-माधव समूहका १६ जना सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको थियो । निलम्बनमा परेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा प्रवेश गर्न नदिने अडानमा ओली समूह छ । बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुन नदिने ओली समूहको तयारी देखिन्छ । नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कारवाहीमा परेका १६ सांसदलाई बैठक कक्षमा प्रवेश गर्न दिन नमिल्ने बताए र  कारवाहीमा परेकाहरुलाई संसदीय गतिविधिमा समावेश नगर्न नमिल्ने तर्क उनले गरे । प्रचण्ड-माधव समूहले पनि मुख्यमन्त्री शेरधन राईसहित ओली समूहका ८ जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो  तर प्रदेशसभा बैठकमा प्रचण्ड-माधव समूहले निलम्बनको विषय भने उठाएको छैन । सरकार पक्षले बैठक बस्न नदिनु हास्यास्पद हुने साथै  सरकारले नै संसद अधिवेशन आह्वान गरेर बैठक अवरुद्ध गर्याे भने त्यो  विश्वको दुर्लभ घटना हुन्छ भन्ने प्रचण्ड-माधव समूहको तर्क छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्