विद्यालयहरू खुल्न थाले तर नानीबाबुलाई पठाउने कि नपठाउने ?

Machchapuchchre

अर्थ राजनीति  ~  गत चैतदेखि बन्द भएका काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरूले माघ पहिलो साताबाट विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न थालिसकेका छन् । अनलाइन कक्षा प्राथमिक तहमा अध्ययनरत विद्यार्थीको हकमा प्रभावकारी नदेखिएपछि केही अभिभावककै दबाबका कारण प्राथमिक तहमा अध्यापन गराउने धेरै विद्यालयमा नियमित कक्षा सुरु गरिएको छ ।सम्भावित जोखिमको जिम्मेवारी अभिभावकले नै लिनेगरी स्कुल त खुले तर बच्चा पठाउने कि नपठाउने भन्नेमा अझै धेरै अभिभावकहरू अन्योलमा देखिएका छन् ।  कतिपयले जोखिमको डरले यस वर्ष विद्यालय नै नपठाउनेसम्मको जानकारी दिएको सम्बन्धित विद्यालयले जानकारी दिएको छ । गत साउन र भदौ महिनादेखि नै काठमाडौंका केही मन्टेस्वरी स्कुलहरूमा फाट्टफुट्ट विद्यार्थीहरू आउन थालिसकेका छन् । त्यतिबेला कोरोनाको जोखिम उच्च बिन्दुमा पुगे पनि धेरै अभिभावकहरुले काममा जानै पर्ने बाध्यताका कारण विद्यालयलाई अतिरिक्त शुल्क दिएर बच्चा पठाउने गरेका थिए भने कतिले  बच्चालाई धेरै समय दिँदा आफ्नो रोजगारीमा समस्या सिर्जना भएको भन्दै विद्यालय पठाउन हतारिएको विद्यालयका अधिकारीहरु बताउँछन् । जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितका  अनुसार अन्तर्राष्ट्रिय अध्ययनहरुले पनि १५ वर्ष मुनिका बच्चालाई कोरोना भाइरस सरे पनि त्यसबाट प्रसार हुने सम्भावना कम भएको र विद्यालयबाट कोरोना सरेको भन्ने तथ्यांक पनि कम भएकाले अब विद्यालय खोल्न र विद्यालयमा बच्चा पठाउन कुनै द्विविधा हुनुपर्ने अवस्था नरहेको  देखिन्छ । ग्रामीण भेगका विद्यालयहरुमा जोखिम अत्यन्त न्यून रहेको र काठमाडौंकै विद्यालयमा पनि स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्न सक्ने अवस्था रहेको उनीको सल्लाह  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्