सुनको मूल्य आज फेरि बढ्यो

Machchapuchchre
अर्थ राजनीति  ~  नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला भाउ ९० हजार ६ सय रुपैयाँ तोकेको छ ।  शुक्रबार ९० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मूल्य आइतबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ रुपैयाँमा कारोबार भईरहेको  छ । यस्तै १० ग्राम छापावाला सुनको मूल्य ७७ हजार ६ सय ७५ रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार १ सय ५० रुपैयाँ पुगेको  छ । शुक्रबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आइतबार २० रुपैयाँले बढेर १३ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्