२ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

Machchapuchchre

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकले नौं प्रतिशत ब्याज दरको नागरिक बचत पत्र जारी गर्ने जनाएको  छ । सरकारलाई आन्तरिक ऋण उठाइदिने क्रममा राष्ट्र बैंकले नागरिक बचतपत्र जारी गर्न लागेको हो । प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी हुने बचतपत्र माघ २७ गतेदेखि बिक्री खुला हुने  राष्ट्र बैंकले जनाएको छ । कुल २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागिएको हो भने आवेदन फागुन १८ गतेसम्म दिइसक्नु  ब्यबस्ता रहेको छ । यो ऋणपत्रको अवधि ५ बर्षको हुनेछ र  ५ बर्षपछि साँवा भुक्तानी हुने छ । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सकिने बैंकले बताएको छ । कम्तिमा १० हजार रुपैयाँको ऋणपत्र खरीद गर्नु पर्ने हुन्छ । यसमा संस्थाले लगानी गर्न पाउँदैनन् किनाकि यो  नेपाली नागरिकले  मात्र लगानी गर्न पाउने अवसर हो । चालु आर्थिक बर्ष सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ  जसमध्ये २ अर्ब नागरिक बचतपत्रमार्फत उठाउन खोजेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्