सांसद भन्छन्–फेरि कहिले संसद विघटन हुने हो, ठेगान छैन

अर्थ राजनीति  ~  प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद चाँदतारा कुमारीले काम गर्ने वातावरण नभएको बताएकी छिन् ।  उनले फेरि  प्रतिनिधिसभा विघटन हुन्छ कि भन्ने भयले आफूहरु हतोत्साहित भएको बताइन् । प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्ने क्रममा उनले भनिन्, ‘सांसदलाई काम गर्ने वातावरण छैन । संसद कहिले विघटन हुन्छ कि भन्ने कौतुहल भएकाले सबै हतोत्साहित भएका […]

कोरोना नियन्त्रणका लागि छलफल गर्न आज ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

अर्थ राजनीति  ~  आज साँझ ५ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमति बैठक बोलाइएको हुन् । आजको बैठकमा देशमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै केही निर्णय हुनसक्ने बताइएको छ । सीसीएमसीको शनिबारको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्‍मा सिफारिस […]

वैशाख ११ गते प्रधानमन्त्री ओलीले धरहराको उद्‍घाटन गर्ने

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते पुनर्निर्माण गरिएको धरहराको उद्घाटन गर्ने भएका छन्। नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको छ। अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ। गजुर पनि केही दिनभित्रै राखिने उनले जानकारी दिए। उनका अनुसार धरहराको पार्किङ र बगैँचातर्फको […]

विद्यालय सञ्चालनको निर्णय लिन आज बैठक बस्दै

अर्थ राजनीति  ~  बालबालिकामा पनि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि विद्यालय सञ्चालन गर्ने किन बन्द गर्ने भन्ने बहस चलेको छ । स्वास्थ्य मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गर्दै विद्यालय बन्दका लागि सिफारिस नै गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकले पनि संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरू कम्तीमा […]

प्रदेश १ लोक सेवाले खुलायो इन्जिनियरिङ सेवाको विज्ञापन

अर्थ राजनीति  ~  प्रदेश १ लोक सेवा आयोगले प्राविधिक पदमा कर्मचारी भर्नाको विज्ञापन खुलाएको छ । सिभिल इन्जिनियर तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो । ८२ जनाका लागि खुलाइएको यो विज्ञापन स्थानीय तहका लागि हो । परीक्षाबाट छनोट भएकाहरुलाई रोजाइ प्राथमिकताक्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने प्रदेश १ लोक सेवा आयोगले जनाएको […]

राजनीतिक समस्या छिट्टै समाधान हुन्छ : अर्थमन्त्री

अर्थ राजनीति  ~  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका राजनीतिक समस्या संवैधानिक रुपमै समाधान हुने हुँदा लगानीकर्ताले चिन्तित हुनु नपर्ने बताएका छन् । विश्व बैंकद्वारा सार्वजनिक गरिएको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राजनीतिक रुपमा देखिएका सबै समस्या संवैधानिक तवरबाटै हल हुने बताएका हुन् । त्यसअघि विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा […]

हाल मुलुक अत्यन्तै जटिल अवस्थामा पुगेको छ : डा. कोइराला

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले मुलुकको अवस्था अत्यन्तै जटिल अवस्थामा पुगेको बताउँदै तत्कालै काँग्रेसले निकास दिनुपर्ने बताएका छन् । सोमबार नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले देश विषम परिस्थितिमा पुगेकाले कांग्रेसले टुलुटुलु हेरेर नबसी तत्कालै निकासका लागि पहल गर्नुपर्नेमा जोड दिए । उनले तत्कालै […]

प्रधानमन्त्रीलाई गगन भन्छन् – बालुवाटारमा भवनको शिलान्यास र उद्घाटन गर्नुस्

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सांसद गगन थापाले मेलम्ची खानेपानी आयोजनाको लागत बढेकोमा सबैले जनतासँग माफी माग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना उद्घाटन गरेर तमासा गरेको भन्दै उनले वर्तमान सरकारसहित सरकारको नेतृत्व लिएका सबै दलले आयोजनाको लागत बढाएको सबैले जनतासमक्ष माफी माग्नुपर्ने बताएका हुन्। ‘अहिले आयोजना उद्घाटन गरेर प्रधानमन्त्रीज्यूले तमासा देखाइरहनुभएको छ […]

माओवादी केन्द्र भन्छ – सदनलाई निष्कृय बनाएर विघटन गर्न सरकार केन्द्रित छ

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रले  पुनर्स्थापित प्रतिनिधिसभालाई विघटन गर्न सरकारले सदनलाई निष्कृय बनाएको आरोप लगाएको छ । बिहीबार संसद बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रतिनिधसभा विघटनको आफ्नो निर्णय पुष्टि गर्न संसदको आवश्यकता छैन भन्दै प्रचारवाजी गराएर निष्कृय पार्ने काम भइरहेको आरोप लगाएका हुन् । ‘यो संसदलाई सक्रिय बनाउनुस् । […]

राष्ट्रिय जनगणना २०७८ का क्रममा विवरण सङ्कलन गरिँदै

अर्थ राजनीति   ~  राष्ट्रिय जनगणना, २०७८ का क्रममा पहिलोपटक वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको तथ्याङ्क सङ्कलन गरिँदै छ। यस क्रममा अन्य उमेर समूहका साथै १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको अवस्था, देशमा अनुपस्थित नेपाली नागरिक, पुर्खाको भाषा र अपाङ्गतासम्बन्धी विस्तृत विवरणसमेत सङ्कलन गर्ने तयारी भइरहेको छ। […]