विद्यालय सञ्चालनको निर्णय लिन आज बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  बालबालिकामा पनि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि विद्यालय सञ्चालन गर्ने किन बन्द गर्ने भन्ने बहस चलेको छ । स्वास्थ्य मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गर्दै विद्यालय बन्दका लागि सिफारिस नै गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकले पनि संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्न प्रस्ताव गरेको छ । यही विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाको बैठक बोलाएको छ । आज  बिहान मन्त्रालयमै बस्ने गरी सरोकारवालालाई बोलाइएको मन्त्रालयलाई जनाएको छ । मन्त्रालयका एक कर्मचारीका अनुसार आज विद्यालयका सरोकारवालाहरुलाई समेत बैठकमा बोलाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्