प्रधानमन्त्रीलाई गगन भन्छन् – बालुवाटारमा भवनको शिलान्यास र उद्घाटन गर्नुस्

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सांसद गगन थापाले मेलम्ची खानेपानी आयोजनाको लागत बढेकोमा सबैले जनतासँग माफी माग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना उद्घाटन गरेर तमासा गरेको भन्दै उनले वर्तमान सरकारसहित सरकारको नेतृत्व लिएका सबै दलले आयोजनाको लागत बढाएको सबैले जनतासमक्ष माफी माग्नुपर्ने बताएका हुन्। ‘अहिले आयोजना उद्घाटन गरेर प्रधानमन्त्रीज्यूले तमासा देखाइरहनुभएको छ । यसको लागत बढाएर जनतालाई भार थपेकोमा सबैले माफी माग्नुपर्छ । काठमाडौंका जनतालाई पानी खुवाउन ढिलाइ गरेकोमा सबै दलले माफी माग्नुपर्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले हचुवाका भरमा आयोजनाको शिलान्यास गरेको उनको टिप्पणी छ । आयोजना निर्माणको विषयमा अनुसन्धान नगरी लोकप्रियताको निम्ति काम गर्ने हो भने बालुवाटारमा शिलान्यास र उद्घाटन गरेर बस्न उनले चुनौती दिए । ‘तपाईंलाई उद्घाटन र शिलान्यास गर्न मन छ भने बालुवाटारमा धेरै जग्गा खाली छन् । त्यहाँ घरको शिलान्यास गर्नुस् । घर बनेपछि प्रत्येक कोठाको उद्घाटन गर्नुस्,’ उनले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्