माओवादी केन्द्र भन्छ – सदनलाई निष्कृय बनाएर विघटन गर्न सरकार केन्द्रित छ

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रले  पुनर्स्थापित प्रतिनिधिसभालाई विघटन गर्न सरकारले सदनलाई निष्कृय बनाएको आरोप लगाएको छ । बिहीबार संसद बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रतिनिधसभा विघटनको आफ्नो निर्णय पुष्टि गर्न संसदको आवश्यकता छैन भन्दै प्रचारवाजी गराएर निष्कृय पार्ने काम भइरहेको आरोप लगाएका हुन् । ‘यो संसदलाई सक्रिय बनाउनुस् । सदनको आवश्यकता छैन भन्ने प्रचारवाची र आफ्नो विघटनको निर्णयलाई पुष्टि गर्न सदनलाई निष्कृय पार्ने काम प्रधानमन्त्रीबाट नहोस्,’ पौडेलले भने । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको विषयमा  पनि प्रश्न उठाएको छ । ‘संविधानको धारा १०० को उपधारा २ अनुसार तीस दिनभित्र विश्वासको मत लिनुपर्ने कुरा छ । प्रधानमन्त्रीमाथि प्रश्न उठ्छ यो प्रक्रिया कहाँ पुग्यो ?,’ पौडेलले सोधे । पौडेलले जनताको जनस्वास्थ्य र जीवनशैली सरल र सहज बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्