वैशाखभित्र तामाकोसीको विद्युत् उत्पादनको तयारी हुदै

अर्थ राजनीति  ~    स्वदेशी लगानीमै निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट वैशाखमा विद्युत् उत्पादनको तयारी भएको छ। बाँकी काम १० वैशाखभित्र सम्पन्न गरी ११ गतेदेखि सुरुङमा थोरै परिमाणमा पानी पठाउने गरी काम भइरहेको छ। त्यसपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न सुरु गरी त्यस क्रममा जटिल समस्या नआए ७ देखि ९ दिनभित्र […]

ओली सरकारमा मन्त्री रहेका चार माओवादी सांसदहरुको पद आज गुम्दै

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका चार जनाको सांसद पद आज गुम्ने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले उनीहरू सांसद नभएको सूचना आज बस्ने प्रतिनिधि सभा बैठकमा सुनाउने भएका छन्। प्रतिनिधि सभा बैठक अहिले दिउँसो १ बजे बस्दै छ। संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले उनीहरूलाई सांसदबाट […]

महाकुम्भ मेलामा सहभागी हुन पूर्वराजा शाह दम्पती भारत प्रस्थान

अर्थ राजनीति  ~  पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन्। पत्नी कोमल राज्यलक्ष्मीसाथ शाह बिहीबार नेपाल एयरलाइन्सको जहाज चढेर भारत गएका हुन्। विमानस्थल स्रोतका अनुसार नेपाल एयरलाइन्सको ११:०५ बजेको उडानमा शाह दम्पती भारत गएका हुन्। पूर्वराजाको स्वकीय सचिवालयले यसअघि नै उनी भारत जाने तय भएको बताइसकेको थियो। शाह दम्पती हरिद्वारामा सञ्चालित महाकुम्भ मेला २०२१ मा […]

भारतमा कोरोना संक्रमण बढ्दो गतिमा

अर्थ राजनीति  ~  भारतमा पछिल्लो २४ घण्टामा एक लाख २६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा एक लाख २६ हजार ७८९ नयाँ संक्रमित फेला परेका हुन् । अघिल्लो २४ घण्टामा भारतमा एक लाख १५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारत […]

नेपाल पत्रकार महासंघको नतिजा आउदै

अर्थ राजनीति ~ नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी हुनुभएको छ । बुधबार भएको महासङ्घको २६औँ महाधिवेशनमा विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त गर्नुभएको छ । ललितपुरमा कूल मतदाता ४५४ रहँदा ३८३ मत खसेको निर्वाचन समिति सदस्य तथा ललितपुर बार एशोसियशनका अध्यक्ष अर्जुन महर्जनले जानकारी गराउनुभयो । म्याग्दी– महासङ्घ म्याग्दी शाखाको […]

सरकार लकडाउन गर्ने मनस्थितिमा छैन: स्वास्थ्य मन्त्री त्रिपाठी

अर्थ राजनीति  ~  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन्। मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताएका हुन्। उनले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरू चाल्न सरकार तयार रहेको बताए।लकडाउनले कोभिड नियन्त्रण गर्न […]

गृहमन्त्री रामबहादुर थापासहित पाँच सांसदको पद खोसिँदै

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारवाही गर्ने अन्तिम तयारी गरेको हो […]

नेपालमा कोरोनाको दोस्रो लहरको प्रवेश हुदै

अर्थ राजनीति  ~  कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दा संक्रमणको जोखिम उच्च भएको छ। खुला सीमाका कारण निर्बाध आवतजावत भइरहँदा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। भारतबाट रोजगारी गरेर फर्किएका व्यक्तिमा दैनिक कोरोना संक्रमण पुष्टि हुन थालेको छ। कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ३६ जनामा […]

कतारमा कोरोना संक्रमणबाट थप तीन नेपालीको मृत्यु

अर्थ राजनीति  ~  कतारमा कोरोना भाइरस संक्रमणबाट थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार कतारमा कोरोना भाइरस संक्रमणबाट थप तीन नेपालीको मृत्यु भएको बताए । उनिहरुको उमेर ४४, ४५ र ५८ वर्षीय नागरिकको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ । विश्व्यापी महामारी रुपमा फैलिएका कोरोना भाइरसका […]

माधव नेपाल पक्षमा लागेका अनेरास्ववियुका तीन नेता बर्खास्त

अर्थ राजनीति  ~   नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले संगठनका निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको छ। दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारबाही गरिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जनाएका छन्। महरले मंगलबार विज्ञप्ति जारी गरी तीन जनालाई निष्कासन गरिएको प्रष्ट पारेका छन्। केही दिनअघि […]