भारतमा कोरोना संक्रमण बढ्दो गतिमा

Machchapuchchre

अर्थ राजनीति  ~  भारतमा पछिल्लो २४ घण्टामा एक लाख २६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा एक लाख २६ हजार ७८९ नयाँ संक्रमित फेला परेका हुन् । अघिल्लो २४ घण्टामा भारतमा एक लाख १५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारत अहिले कोरोनाको दोस्रो लहरको सामना गरिरहेको छ। गत फेब्रुअरीमा भारतमा दैनिक नयाँ संक्रमितको संख्या १० हजारभन्दा कममा झरेको थियो तर, त्यसयता संक्रमणमा उल्लेख्य वृद्धि भएको हो । भारतमा अहिलेसम्म एक करोड २९ लाख नाघिसकेको छ। हाल भारतमा नौ लाखभन्दा धेरै सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा भारतमा ६८५ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ६६ हजार ८६२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। त्यस्तै छत्तीसगढमा १० हजारभन्दा संक्रमित फेला परेका छन् भने कर्नाटक र उत्तर प्रदेशमा कोरोनाका नयाँ संक्रमितको संख्या ६ हजारभन्दा बढी छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्