नेपाल पत्रकार महासंघको नतिजा आउदै

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी हुनुभएको छ । बुधबार भएको महासङ्घको २६औँ महाधिवेशनमा विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त गर्नुभएको छ । ललितपुरमा कूल मतदाता ४५४ रहँदा ३८३ मत खसेको निर्वाचन समिति सदस्य तथा ललितपुर बार एशोसियशनका अध्यक्ष अर्जुन महर्जनले जानकारी गराउनुभयो । म्याग्दी– महासङ्घ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाको नतिजा अनुसार ३० मत ल्याएर पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्य (शिव)ले २७ मत प्राप्त गर्नुभयो । बुधबार भएको मतदानमा ६२ मतदातामध्ये ५८ मत खसेकोमा एक मत खाली परेको थियो । उपाध्यक्षमा हरिकृष्ण गौतमले (२९), महिला उपाध्यक्षमा रुद्रकुमारी खत्रीले (३०), सचिवमा सन्तोष गौतम (२९), कोषाध्यक्षमा अमित विश्वकर्मा (३०), सहसचिवमा प्रमोद शर्मा (३२), समावेशी सहसचिवमा साधन घर्ती राम्जालीले (२९ मत) प्राप्त गरी विजयी हुनुभएको छ ।

यसैगरी खुल्ला सदस्यतर्फ कृष्ण जिसी, सन्दिप खत्री, कमल खत्री, अमृत बाँस्कुने, सन्दिप शर्मा रिजाल विजयी हुनुभयो । दलित सदस्यमा पदम विश्वकर्मा, समावेशी सदस्यमा नजराना सिंह ठकुरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत प्रेमबहादुर कार्कीले बताउनुभयो । केन्द्रीय परिषद् सदस्य सविता बानियाँ र धु्रवसागर शर्मा, महिला सदस्यमा जेनिसा पुरी, जनजाती सदस्यमा सुदर्शनकुमार श्रेष्ठ, प्रदेश परिषद् सदस्यमा निर्मल खत्री, विक्रम बोगटी, अमर बानियाँ र देवीप्रसाद शर्मा निर्विरोध निर्वाचित हुनुभयो । तनहुँ– महासङघ तनहुँ शाखाको अध्यक्षमा उज्वल पौडेल निर्वाचित हुनुभएको छ । महासङ्घको बुधबार राति सम्पन्न महाधिवेशनमा पौडेलले ५७ मत ल्याएर निर्वाचित बन्नुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी शेख मोहम्द हनिफ (गोरा मियाँ)ले ५३ मत ल्याउनुभएको थियो । मियाँ प्रेस युनियन तर्फबाट उम्मेद्वार बन्नुभएको थियो । पौडेल प्रेस मञ्च नेपालको केन्द्रीय सचिव हुनुहुन्छ । तनहुँमा प्रेसमञ्च नेपाल र प्रेस चौतारीबीच गठबन्धन भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्