नेपालमा कोरोनाको दोस्रो लहरको प्रवेश हुदै

Machchapuchchre

अर्थ राजनीति  ~  कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दा संक्रमणको जोखिम उच्च भएको छ। खुला सीमाका कारण निर्बाध आवतजावत भइरहँदा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। भारतबाट रोजगारी गरेर फर्किएका व्यक्तिमा दैनिक कोरोना संक्रमण पुष्टि हुन थालेको छ। कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर सोमबार २ सय ६६ जना संक्रमित थपिएका छन्। यीमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा ९८, ललितपुरमा २६ र भक्तपुरमा १३ जना संक्रमित थपिएका हुन्। उपत्यकामा संक्रमितको संख्या वृद्धि भएपछि कडाइ गरिएको छ। उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। खुला सीमाका कारण निर्बाध ढंगले भारत आवतजावत भइरहँदा संक्रमणको जोखिम उच्च रहेको विज्ञ बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले खुला सीमालाई तत्काल व्यवस्थित नगर्ने हो भने दुई महिनाभित्र संक्रमण उच्च वृद्धि हुने बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्