कतारमा कोरोना संक्रमणबाट थप तीन नेपालीको मृत्यु

Machchapuchchre

अर्थ राजनीति  ~  कतारमा कोरोना भाइरस संक्रमणबाट थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार कतारमा कोरोना भाइरस संक्रमणबाट थप तीन नेपालीको मृत्यु भएको बताए । उनिहरुको उमेर ४४, ४५ र ५८ वर्षीय नागरिकको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ । विश्व्यापी महामारी रुपमा फैलिएका कोरोना भाइरसका कारणले कतारमा पछिल्लो समय कोरोना संक्रमण त्रिब्र रुपमा फैलिरहेको छ । कतारमा यहाँ पछिल्लो २४ घण्टा ९१० जनामा संक्रमण देखिएको छ ,भने ४८९ जना उपचारपछि निको भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो समाचार तयार पार्दासम्म कतारमा कोरोना संक्रमितको संख्या १ लाख ८४ हजार ३३४ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ६६ हजार ४४१ पुगेको छ । मन्त्रालयका अनुसार कतारमा अहिले १७ हजार ५७८ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये ४४२ जनाको आईसीयूमा उपचार भैरहेको छ । कोरोना भाइरस संक्रमणबाट थप तीन नेपालीको मृत्यु भएसंगै हालसम्म कतारमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या २१ पुगेको छ । अहिलेसम्म कतारमा ९ लाख ३४ हजार ८४३ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउँदै स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाई गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्