माधव नेपाल पक्षमा लागेका अनेरास्ववियुका तीन नेता बर्खास्त

Machchapuchchre

अर्थ राजनीति  ~   नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले संगठनका निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको छ। दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारबाही गरिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जनाएका छन्। महरले मंगलबार विज्ञप्ति जारी गरी तीन जनालाई निष्कासन गरिएको प्रष्ट पारेका छन्। केही दिनअघि माधव नेपाल पक्षीय अनेरास्ववियुको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह-अध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो। समानान्तर गतिविधि गरेको भन्दै महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्