ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँट

Machchapuchchre

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंकको ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र चैत २३ गते बाँडफाँट भएको छ। बैंकले १० वर्षे अवधिको ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६/८७ नामको ३० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो। कुल कित्तामध्य बैंकले १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरी विभिन्न संघसंस्थाहरुलाई र १२ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरी आम सर्वसाधारणमा बाँडफाँट गरेको हो । बैंकले चैत १ गतेदेखि १६ गतेसम्म सर्वसाधारण मध्यको बाट पनि ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो। यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो। छिटो अवधि चैत ४ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि  ढिलो अवधि चैत १६ गतेसम्म बैंकले ऋणपत्र विक्री गरेको हो। यो ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले  गरेको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्