माधवकुमार नेपाल : “एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ”
अर्थ राजनीति ~ सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् । संघदेखि सातै प्रदेशमा नेकपा (एस) सत्तारुढ दलको रूपमा रहने उनको भनाइ छ […]
