नेपाल विद्युत प्राधिकरणको नाफामा छलाङ

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा नाफा व्यापक बढाएको छ । बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रुपियाँ पुगेको छ । प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यो नाफा गत आवको छ अर्ब १० करोड रुपियाँको तुलनामा १६४ प्रतिशतले बढी हो । ठूला […]

एकीकृत समाजवादीले निर्वाचन तयारीको जिम्मेवारी तोकेको छ

अर्थ राजनीति  ~ सत्तारुढ दल एकीकृत समाजवादीले आगामी मंसिर १० गते हुने संघीय र प्रदेशसभाको निर्वाचनको तयारीलाई तीव्रता दिन केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छ । पार्टीको सचिवालयले आगामी निर्वाचनमा सम्भावित उम्मेदवार छनोटका लागि आवश्यक मापदण्ड, प्रक्रिया र विधि निर्माण गर्न महासचिव डा बेदुराम भुसाललाई जिम्मेवारी दिएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पार्टीले निर्वाचन आयोगमा पार्टी […]

राष्ट्रियसभामा देखिएका कठिनाइ हटाउन आदेश

अर्थ राजनीति  ~ राष्ट्रियसभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका कठिनाइ हटाउन आदेश प्रस्तुत गरेका छन् । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । राष्ट्रियसभाको बैठक भदौ […]

गठबन्धनले बनाएको कार्यदलको बैठक बस्दैछ आज

अर्थ राजनीति  ~  सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको बैठक बस्दैछ आज मंसिर १० गते हुने निर्वाचनमा सिट बाँडफाँड गर्न  । कार्यदलमा कांग्रेसबाट तीन र अन्य चार दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालबाट दुई–दुई जना सदस्य रहेका छन् । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यसअघि बनेको कार्यदलले नेपाली कांग्रेसका […]

राणाविरुद्धको महाअभियोग अघि बढाउन समितिलाई सभामुखको आग्रह

अर्थ राजनीति  ~  सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। समितिका सदस्यहरुबीच सहजीकरण बैठक राखेर सापकोटाले यस्तो आग्रह गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।‘तपाइँहरु स्वायत्त हुनुहुन्छ। काम अघि बढाउनुस्। सभामुख र उपसभामुखले आवश्यक सहयोग गर्नेछौँ,’ सदस्यहरुलाई सापकोटाले भनेको कुरा उद्धृत गर्दै न्यौपानेले भने। राणाविरुद्धको महाभियोग प्रस्ताव […]

ललितपुर महानगरका ज्येष्ठ नागरिकलाई रु १० हजार भत्ता

अर्थ राजनीति  ~  ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो । उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडा दशैँ ताका वर्षको एकपटक रु १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए […]

” पोखरा विमानस्थलको सुरक्षामा कुनै सम्झौता गर्दैनौं ” : पर्यटनमन्त्री

अर्थ राजनीति  ~  संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पोखरा विमानस्थलको सुरक्षामा सम्झौता नगर्ने बताएका छन् । विमानको सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङलाई निररन्तरता दिने कुनै उपाय भए खोज्ने उनले बताए ।पोखरा अन्र्राष्ट्रिय विमानस्थल १७ पुसमा सञ्चालनमा ल्याउने तय भएपछि मन्त्री श्रेष्ठ पोखरा आइपुगेका छन् ।पर्यटन व्यवसायीहरुले पर्यटनमन्त्री श्रेष्ठलाई भेटेर पोखराको ब्राण्ड बनेको प्याराग्लाइडिङलाई […]

अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई टेरेनन्

अर्थ राजनीति  ~  असार पहिलो साता पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विभागीय मन्त्रीहरूलाई बोलाएर कर घटाउन निर्देशन दिए । देउवा र मन्त्रीहरूको छलफलमा पेट्रोलको मूल्यमा प्रतिलिटर २० र डिजेलमा २९ रूपैयाँ कर घटाउने सहमति बन्यो । यही सहमतिपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा २० र डिजेलमा २९ […]

सत्तारुढ दल काठमाडौं निर्वाचन क्षेत्र बाँडफाँटमा छलफलमा जुटेका छन्

अर्थ राजनीति  ~ क्रिप्टोकरेन्सीमार्फत ४८ करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा पक्राउ परेका व्यापारी अमित श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो । ४८ करोडभन्दा बढी असुली गरेको भन्दै श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ । उक्त मुद्दामा साउन १३ गते अपराध अनुसन्धान कार्यालय काठमाडौंको […]

प्रतिनिधिसभाको बैठक आज बस्दैछ

अर्थ राजनीति  ~प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले उपरोक्त विधेयक, २०७८ माथि सदनमा छलफल हुनुपर्ने सन्देशसहितको प्रस्ताव राष्ट्रियसभामा पेश गर्ने सम्भावित एजेण्डा रहेको छ । ‘सङ्ख्या विधेयक, २०७८’ सम्बन्धी प्राप्त संशोधनलाई प्रधानमन्त्री देउवा आफैले निर्णयका लागि सदनमा पेश गर्ने सम्भावना छ । खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका […]