एकीकृत समाजवादीले निर्वाचन तयारीको जिम्मेवारी तोकेको छ

Machchapuchchre
अर्थ राजनीति  ~ सत्तारुढ दल एकीकृत समाजवादीले आगामी मंसिर १० गते हुने संघीय र प्रदेशसभाको निर्वाचनको तयारीलाई तीव्रता दिन केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छ ।

पार्टीको सचिवालयले आगामी निर्वाचनमा सम्भावित उम्मेदवार छनोटका लागि आवश्यक मापदण्ड, प्रक्रिया र विधि निर्माण गर्न महासचिव डा बेदुराम भुसाललाई जिम्मेवारी दिएको छ ।

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पार्टीले निर्वाचन आयोगमा पार्टी दर्ताको जिम्मेवारी पार्टी कार्यालय सचिव र उपमहासचिव गंगालाल तुलाधरलाई दिएको छ ।

त्यसैगरी पार्टीको चुनावी घोषणापत्र तयार गर्ने जिम्मेवारी उपमहासचिव त्रिवि डा तुलाधर, डा विजय पौडेल र प्रकाश ज्वालालाई दिइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्