राणाविरुद्धको महाअभियोग अघि बढाउन समितिलाई सभामुखको आग्रह

Machchapuchchre

अर्थ राजनीति  ~  सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। समितिका सदस्यहरुबीच सहजीकरण बैठक राखेर सापकोटाले यस्तो आग्रह गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।‘तपाइँहरु स्वायत्त हुनुहुन्छ। काम अघि बढाउनुस्। सभामुख र उपसभामुखले आवश्यक सहयोग गर्नेछौँ,’ सदस्यहरुलाई सापकोटाले भनेको कुरा उद्धृत गर्दै न्यौपानेले भने। राणाविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधिसभाले साउन २२ मा समितिमा पठाएको थियो। समितले हालसम्म काम अघि बढाएको छैन। समितिले काम अघि नबढाएपछि उपलब्ध सदस्यहरुलाई बोलाएर सभामुख सापकोटाले सहजीकरणका निम्ति छलफल गरेका हुन्। महाभियोग सिफारिस समितिमा ११ सदस्य छन्। राणाविरुद्धको प्रस्तावमा समितिले बढीमा तीन महिनाभित्र आफ्नो काम सक्नुपर्नेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्