” पोखरा विमानस्थलको सुरक्षामा कुनै सम्झौता गर्दैनौं ” : पर्यटनमन्त्री

Machchapuchchre

अर्थ राजनीति  ~  संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पोखरा विमानस्थलको सुरक्षामा सम्झौता नगर्ने बताएका छन् । विमानको सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङलाई निररन्तरता दिने कुनै उपाय भए खोज्ने उनले बताए ।पोखरा अन्र्राष्ट्रिय विमानस्थल १७ पुसमा सञ्चालनमा ल्याउने तय भएपछि मन्त्री श्रेष्ठ पोखरा आइपुगेका छन् ।पर्यटन व्यवसायीहरुले पर्यटनमन्त्री श्रेष्ठलाई भेटेर पोखराको ब्राण्ड बनेको प्याराग्लाइडिङलाई पनि जोगाउन ध्यानाकर्षण गराएका छन् । बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले भने पोखरा विमानस्थलको सुरक्षामा सम्झौता नगर्ने बताए ।उनले भने, ‘विमानस्थल यहाँकै मागअनुसार निर्माण भएको हो । विमानको सुरक्षामा सम्झौता गर्न मिल्दैन । तर सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङलाई कुनै उपायबाट कायम राख्न सक्ने स्थिति भएमा त्यसलाई प्रयोग गरेर संरक्षण गर्छौं ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्