कृषि ऋणको ४ महिनाको व्याज तिरिदिने प्रदेश २ सरकारकाे निर्णय

जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारी रोक्न गरिएको लकडाउनबाट कारण प्रभावित किसानले लिएको ऋणको चार महिनाको व्याज तिरिदिने निर्णय समेत गरेको छ । शुक्रबार विहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले किसानले बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋृणको ४ महिनाको व्याज तिरिदिने निर्णय गरेको हो । कृषि कर्मको लागि किसानहरुले ५ लाखसम्म लिएको ऋणमा अधिकतम […]

कांग्रेस बरिष्ठ नेता पौडेलद्वारा कोरोनापछिको अर्थतन्त्रबारे विज्ञहरुसँग छलफल

काठमाडौँ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेका छन् । पौडेलले बिहीबार भिडियो कन्फरेन्समार्फत विज्ञहरुसँग कोरोना संक्रमणपछिको अर्थतन्त्रबारे छलफल गरेका हुन् । छलफलमा योजना आयोगका पूर्व उपाध्यक्षहरु गोविन्द पोखरेल, स्वर्णिम वाग्ले तथा विज्ञहरु कमल रिजाल, सुरज पोखरेल, सिद्धिगणेश श्रेष्ठ, माधवप्रसाद पौडेल, प्रधुम्नराज पाण्डे, सहदेवप्रसाद हुमागाॅई सहभागी थिए। छलफलमा […]

कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा भयो १ अर्ब ८५ करोड रुपैयाँ

सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब रु दुई अर्ब सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार मङ्गलबारसम्म एक अर्ब ८५ करोड ५८ लाख ३४ हजार ४७ रुपैयाँ कोषमा जम्मा भएको छ। उनका अनुसार मङ्गलबारमात्र एक करोड ८० लाख ५३ हजार ४२७ कोषमा […]

अन्तर्राष्ट्रिय उडानमाथि वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाइने

सरकारले कोरोना भाइरस संत्रमणको जोखिम कम गर्न अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिबन्ध पुनः १५ दिनका लागि बढाएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि गठित उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध वैशाख १८ गते सम्मका […]

महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त

काठमाडाैं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए। भारतको मद्रासबाट चार्डट एकाउन्ट अध्ययन पूरा गरी फर्किएपछि अधिकारी उप निर्देशक बनेका थिए। हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए। डेपुटीबाट अवकाश […]

लकडाउनले सवारीसाधन बन्द भएपछि पेट्रेलियम पदार्थले भरिए निगमका भण्डारगृह

काठमाडौं । लकडाउनले सवारीसाधन बन्द भएपछि पेट्रेलियम पदार्थको खपत घटेको छ । पेट्रोलियम पदार्थको खपत नै नभएपछि नेपाल आयल निगमका सबै भण्डारगृह पेट्रोलियम पदार्थले भरिएका छन् । भण्डारण क्षमतामध्ये पेट्रोल ९५ प्रतिशत, डिजेल ९९ प्रतिशत र हवाई इन्धन ९८ प्रतिशत मौज्दात अवस्थामा रहेको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार पेट्रोलको ७ […]

आर्थिक वृद्धिदर २ प्रतिशतसम्म घट्नसक्ने अर्थमन्त्री खतिवडाकाे प्रक्षेपण

काठमाडौं । सरकारले यो बर्ष लिएको आर्थिक बृद्धिदरको लक्ष्य कोरोना भाइरसको कारण पुरा नहुने देखिएको छ । कोरोना भाइरसका कारण देशको आर्थिक वृद्धिदर २ प्रतिशत सम्म घट्न सक्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन । कोरोना नियन्त्रणका लागि लिएका कदमका कारण आर्थिक वृद्धिमा असर पर्ने उनले बताएका हुन । हालको अवस्था हेर्दा १ देखि २ […]

एनसेलले तिर्‍यो ४ अर्ब ६० करोड कर, बाँकी साढे १४ अर्ब १५ दिनभित्र बुझाउन निर्देशन

काठमाडौँ । एनसेलले १२ औं पटकको बिक्रीको पूृँजीगत लाभकर बापत्को दोस्रो किस्ता मंगलबार बुझाएको छ । ठूला कर दाता कार्यालयको खातामा एनसेलले ४ अर्ब ६० करोड रुपैयाँ दाखिला गरेको कार्यालय प्रमुख झलकराम अधिकारीले बताए । ठूला करदाता कार्यालयले पूँजीगत लाभकर बापत् एनसेलले २४ अर्ब रुपैयाँ बुझाउनुपर्ने गरी कर निर्धारण गरेको थियो । किस्तामा तिर्ने सुविधा […]

आन्तरिक उडान पनि बैशाख ३ गतेसम्म बन्द

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान पनि २०७७ को बैशाख ३ गतेसम्म बन्द गर्ने भएको छ। यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अन्तर्राष्ट्रिय उडान बैशाख ३ गतेसम्म रोक लगाउने निर्णय गरेको थियो। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आन्तरिक उडान पनि अप्रिल १५ सम्म नहुने जानकारी दिएका छन्। काेराेनाले देश अहिले लक डाउन छ […]

कर्जा र व्याजमा सहुलियत दिने राष्ट्र बैंकको तयारी

काठमाडौं । राष्ट्र बैंकले कोरोना भाइरसको प्रभावमा परेका उद्यमी व्यवसायीहरूको कर्जासँगै ब्याजको मूल्यांकन गरेर सहुलियत सुविधा तयारी भइरहेको जनाएको छ । उद्यमी व्यवसायीहरुले कारोनाका कारण उद्यम व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेपछि उनीहरूले नेपाल सरकारसँग सहुलियत दिन आग्रह गर्दै आएका छन् । सरकार तथा राष्ट्र बैंकसँग उद्यमी व्यवसायीले कर्जा र ब्याजमा सहुलियत दिन आग्रह गरेका […]