अन्तर्राष्ट्रिय उडानमाथि वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाइने

Machchapuchchre

सरकारले कोरोना भाइरस संत्रमणको जोखिम कम गर्न अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिबन्ध पुनः १५ दिनका लागि बढाएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि गठित उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध वैशाख १८ गते सम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले यसअघि दोस्रो पटक निर्णय गर्दै अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध वैशाख ३ गते सम्मका लागि कायम राखेको थियो । सरकारले कोरोना संक्रमणका लागि जारी गरिएको लकडाउनको आदेश भने वैशाख ३ गते सम्मका लागि लम्ब्याएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्