सिटिजन्स बैंकको १०३औं शाखा रहित बैंकिङ्ग सेवा रौतहटमा, ८५ स्थानमा एटिएम सेवा !
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा रहित बैंकिङ्ग सेवा रौतहटको सन्तपुर दोस्तियामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन शुक्रबार फतुवा बिजयपुर नगरपालिकाकी उप–मेयर श्रीमती कान्ती देवी महतोले गरेकी हुन् । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु […]