आरएमडीसी लघुवित्तले सम्पन्न गर्यो सहकारी व्यवस्थापन तालिम

Machchapuchchre

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सहकारी व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तालिमको उद्घाटन शाखाका शाखा प्रबन्धक गोविन्द प्रसाद पौडेलले गरेका हुन् । कार्यक्रम पुस १९ र २० गते मोरङ्गस्थित गोकर्ण रिसोर्टमा सञ्चालन भएको हाे ।

तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्रका ११ जिल्लामा रहेका २९ वटा सहकारी संस्थाहरुको ब्यवस्थापक तथा सहायक व्यवस्थापक स्तरका ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सहकारीको प्रभावकारी ब्यवस्थापन तथा अवको सहकारीले उत्पादन प्रशोधन तथा बजारीकरण लगायतका बिषयमा थप लगानी बढाउनु पर्ने बारेमा पौडेलले चर्चा गरेका थिए ।

तालिममा प्रशिक्षकहरुले सहकारीको एतिहासिक पृष्ठभुमि, सहकारी अवधारण तथा महत्व, सहकारी सदस्य शिक्षा, व्यवस्थापन तथा विकास र सदस्य स्थाईत्व, ऋण व्यवस्थापन, विश्लेषण र अनुगमनका अवधारणा, महत्व तथा आधारहरु, ऋणको भाखा नाघ्नुको कारण, असर तथा नियन्त्रणका उपायहरुका बारेमा छलफल भयो ।

साथै, सहकारी संस्था संचालन सम्बन्धी बर्तमान कानुनी व्यवस्था तथा नियमन बिधि, सहकारीका जोखिम बिश्लेषण तथा व्यवस्थापन, सहकारीमा पल्र्स अबधारण, गणना गर्ने तरिका र यसको परिपालना, सहकारीमा सुशासनको महत्व र कायम गर्ने उपायहरुको विषयमा विस्तृत छलफल भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्