कांग्रेस केन्द्रीय समितिकाे निर्णयप्रति जिल्ला सभापतिहरु असहमत

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुले केन्द्रीय समितिले बहुमतका आधारमा पारित गरेकाे निर्णयप्रति असहमति व्यक्त गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु भएको भेलामा केन्द्रीय कार्यसमितिमा भएको निर्णय र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा राय सुझाव लिने काम भइरहेको वरिष्ठ नेता रामचन्द्र पाैडेलले जानकारी दिए ।

भेलाको पहिलो दिन सोमबार वरिष्ठ नेता पौडेलले पार्टीमा देखिएको पछिल्लो विवादबारे जानकारी गराएको र त्यसमा महत्वपूर्ण सुझावहरु आएको बताए । उनले जिल्ला सभापतिहरुले नेपाली कांग्रेस विधिको बाटोमा हिंडनुपर्ने, संस्थागत रुपबाट पार्टी चलाउनुपर्ने र हचुवाको भरमा निर्णयहरु गर्दा पार्टी संकटमा जाने भन्दै केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरु सच्याउनुपर्ने सुझाव दिएको बताए ।

वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुसँग परामर्श लिने काम मंगलबार पनि जारी रहने भएकाले सबै जिल्ला सभापतिहरुको राय सुझाव लिएपछि मात्र कसरी अगाडी बढ्ने भन्ने विषयमा टु‌ंगाेमा पुग्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्