सिटिजन्स बैंकको १०३औं शाखा रहित बैंकिङ्ग सेवा रौतहटमा, ८५ स्थानमा एटिएम सेवा !

Machchapuchchre

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा रहित बैंकिङ्ग सेवा रौतहटको सन्तपुर दोस्तियामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन शुक्रबार फतुवा बिजयपुर नगरपालिकाकी उप–मेयर श्रीमती कान्ती देवी महतोले गरेकी हुन् ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

यस ८५ वटा शाखा, ८५ वटा एटिएम र १ सय ३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिंदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्