राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले मंगलबारदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो । अर्थशास्त्रमा विद्यावारिधी गरेका नवनियुक्त प्रवक्ता डा.भट्ट अनुसन्धान विभागको कार्यकारी निर्देशक समेत हुन् । यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी लक्ष्मी प्रपन्न निरौलाले सम्हालेका थिए । उनी अनिवार्य अवकाशका लागि बिदामा […]

राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा, मुख्यमन्त्री शाहीद्वारा उद्घाटन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा सञ्चालन गरेकाे छ । उक्त कार्यालयको उद्घाटन शुक्रबार कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका हुन् । उक्त अवसरमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ प्रदेश सरकारको कार्यक्रम रा.वा.बैंकको शाखा कार्यालय मान्माबाट केही दिन अगाडि शुरु गरेका थिए । कर्णाली […]

सेन्चुरी बैंकका प्रमुख तुलसी राम गौतमसंगको खास अन्तर्वार्ता शनिबार राति ८:५० बजे, नेपाल टेलिभिजन न्युज एचडीमा ! (भिडियोप्रोमो सहित)

अर्थ राजनीति । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमसंगको बिषेस भलाकुसारी शनिबार राती ८:५० बजे नेपाल टेलिभिजन न्युज एचडिमा प्रशारण हुने भएको छ । सम्पूर्ण बैंकिंग तथा वित्तीय समस्याको समाधान भन्ने मूल नाराका साथ् स्थापित ‘बैंकिङ एण्ड फाइनान्सियल सोलुसनले’ उत्पादन गरेको कार्यक्रम “बैंकिङ सेरोफेरो” मा उक्त अन्तर्वार्ता प्रशारण हुन लागेको हो । गौतमसंग […]

बैंकहरुमा ‘गो एएमएल’ माघ-१ देखी लागुहुदै ; के हो त ‘गो एएमएल’?

अर्थ राजनीति – नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई आउदो माघ १ गतेबाट अनिवार्य रुपमा ‘गो-एएमएल’ मा जान निर्देशन जारि गरेको छ। नेपाल राष्ट्र बैंकले गो-एएमएल सिस्टम सुरु गर्न आदेश दिएको हो । नेपालमा  वाणिज्य बैंकहरुले एएमएल सुरु गर्न ढीलाई गरेको हुनाले नेपाल राष्ट्र बैंकले मिति नै तोकेर सम्पति शुद्धिकरण निवारणमा जान आदेश दिएको हो । […]

हड्ताल नगर्न/नगराउन बैंकिंग क्षेत्रमा सर्वोच्चको आदेश

बैंकिंग अत्यावश्यक क्षेत्र भएकोले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारि गरेको छ | बुधबार सर्वोच्च अदालतको  एक इजालासले कार्यालयको काममा कुनै पनि किसिमको हड्ताल जन्य कार्य नगर्न अन्तरिम आदेश जारि गरेको हो | सर्वोच्चको आदेश आनुसार, बैंकिंग क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै पनि कार्यालयमा कुनै किसिमको हड्ताल जन्य कार्य […]

घर, गाडी लगायत कन्ज्युमर कर्जामा रास्ट्र बैंकले गर्यो कडाई

बैंकहरुले व्यक्तिगत, घर, गाडी लगायत कन्ज्युमर कर्जामा रास्ट्र बैंकले थप कडाई गरेको छ ।  पुष ८ , मंगलबार रास्ट्र बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई ऋणीको आयस्रोतबाट भुक्तानी हुने किस्ता रकममा कडाई गरेको हो। ऋणीले अब ऋण तिर्ने किस्ता रकम उसको कुल कमाईको ५० प्रतिशत भन्दा बढी हुन् नपाउने भएको छ। रास्ट्र बैंकले […]

मुक्तिनाथ विकास बैंकका सञ्चालकहरुद्वारा सपथ ग्रहण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.को १३औँ वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ । साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ र रविन्द्र मान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको हो । बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव […]

कामना सेवा विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, लिगल असिस्टेन्टका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड अकाउन्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जनवरी १ भित्र कार्यालय समयमा नै आवेदन दिइसक्नुपर्ने समेत बैंकले जानकारी […]

राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना !

काठमाडौं । नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको रु ४० लाख आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो । नयाँ रक्तसञ्चार केन्द्रको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवा सुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरेका छन् । व्यावसायिकतालाई […]

एनआईसी एशिया बैंकले ल्यायो एकैसाथ दुई नयाँ शाखा संचालनमा

काठमाडौ । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको दुई नयाँ शाखा ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको छ । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं १२, टंगाल पाटन स्थित मंगलबजार शाखा र काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं १, दरबारमार्ग […]