राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

Machchapuchchre

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले मंगलबारदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो । अर्थशास्त्रमा विद्यावारिधी गरेका नवनियुक्त प्रवक्ता डा.भट्ट अनुसन्धान विभागको कार्यकारी निर्देशक समेत हुन् ।

यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी लक्ष्मी प्रपन्न निरौलाले सम्हालेका थिए । उनी अनिवार्य अवकाशका लागि बिदामा बसेपछि बैंकले रिक्त प्रवक्ता पदमा डा. भट्टलाई नियुक्त गरेको हो । नियुक्त भएको दिनदेखिनै डा.भट्टले उक्त पदको जिम्मेवारी सम्हाल्ने छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्